बुटवल, पुस । लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री कुल प्रसाद केसी बुधवार पत्रकारसम्मेलन गरी आफले गरेको उपलब्धी सार्वजनिक गरेका छन् । दाङमा आयोजना गरिएको कार्यक्रममा उनले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार कृषि क्षेत्रमा करार कर्मचारी भर्ना र स्मार्ट कृषि गाउँलाई मुख्य उपलब्धीको रुपमा उल्लेख गरेका छन् । ४ वटा बुँदामा कृषि क्षेत्रको उपलब्धीको विषयमा उल्लेख गरेका पुर्वमुख्यमन्त्री केसीले प्रदेशका सबै स्थानीयतहमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरी सामुहिक कृषि प्रणालीमार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने काम गरेको बताएका हुन ।
यस्तै हरित स्वयमसेवक कृषि तर्फ ६९८ जना र पशुपंक्षि तर्फ पशुपन्छी तर्फ ४९६जना जना नियुक्ति गरी कृषक सहजीकरण गरिएको उनले उपलब्धीको रुपमा उल्लेख गरेका हुन ।
यस्तै स्थानीय तहमा कृषि प्राविधिक न्यून हुँदा सेवा प्रवाहमा परेको प्रभाव न्यून गर्न सबै स्थानीय तहमा ४ सय ३६ जना करारमा कृषि प्राविधिक उपलब्ध गराइएको र कृषि औजार, ढुवानीका साधन, उत्पादनका साधन अनुदानमा उपलब्ध गराइएको मुख्य उपलब्धीको रुपमा उल्लेख गरेका हुन ।पूर्वाधार क्षेत्रका तर्फ सिंचाइ क्षेत्रका उपलब्धिमा थप सिंचाइ सुविधा पुगेको जमिन ः १२ हजार १ सय ४ हेक्टर थप सिंचाई उपलब्ध गराईएको , सिंचाइ संरचना सुदृढीकरण भएको जमिन ३६ हजार ६ सय २६ हेक्टरमा काम गरिएको उल्लेख गरेका छन् ।
यस्तै सिंचाइ बाँध÷मुहान ः २ सय ६६ वटा निर्माण गरिएको, ५ सय ३७ किलोमिटर पक्की नहर निर्माण गरिएको र ६८ वटा लिफ्ट सिंचाई उपलब्ध गराईएको उपलब्धीको रुपमा उल्लेख गरेका हुन ।