
बुटवल, पुस – लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसनबाट पुनः सर्वसम्मतरुपमा बाबुराम भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
जसको बरिष्ठ उपाध्यक्ष मोह्मद याकुव, उपाध्यक्षमा अमृत भट्राई, महासचिवमा मेघराज पौडेल र सचिवमा जिवलाल पाण्डे चयन भएका छन्, । नयाँ गठन गरिएको समितिको कोषाध्यक्षमा मनिषकुमार वर्नवाल चयन भएका हुन । सदस्यहरु(महिला) बसन्ती खड्का र सरस्वती आचार्य र कार्यसमिति सदस्यहरुहरुमा अंकित कुमार कान्दु, प्रकाश पाण्डे, लेखनाथ बस्याल, टेकराज पन्थी र मनौवर राईन चयन भएका छन् ।