मत्स्य शुद्ध नश्लको प्रवर्द्धनमा जोड

बुटवल,पुस ।   मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवाको आयोजनामा मत्स्य विज उत्पादन, मत्स्य प्रजननकर्ता,अनुसन्धानकर्ता, शिक्षण संस्था र मत्स्य प्राविधिक विच संमन्वय गोष्ठी मंगलापुरमा सुरु भएको छ ।
विहिबारबाट सुरुवात भएको गोष्ठीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमिव्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले व्यवसायीक माछा उत्पादनमा रुपन्देही नमुनाको रुपमा रहेको बताउँदै यसको श्रीवृद्धीका लागि सबै जनाले संमन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले प्रदेश सरकारले पनि संघीय सरकारका विभिन्न कार्यालयहरुको सहकार्यमा माछाको बजार प्रर्वद्धन, उत्पादन र व्यवसायीक किसानको हितका लागि काम गर्दै आएको बताउँदै सचिव देवकोटाले सबै जनाले माछाको व्यवसायीक विकासका लागि सरकारले सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए ।
माशुजन्य उत्पादनमा अन्य मासु भन्दा माछा स्वाथ्यको लागि समेत फाईदाजनक रहेको भन्दै उनले माछाको विज वृद्धि देखि उत्पादन, बजारीकरण र उपभोग सम्मको लागि सबै निकायबाट पूर्णरुपमा स्वाथ्य मापदण्ड पालना गर्नुपर्ने समेत बताएका थिए ।

गोष्ठीमा केन्द्रीय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्र बालाजु काठमाण्डौका प्रमुख सरिता गौतम, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. परवेज आलम,  कृषि तथा पशुविज्ञान विश्व विद्यालय रामपुर चितवनका कृषि क्याम्पसका का प्रा.डा दिलिप कुमार झा, नेपाल सरकार पुर्व सह सचिव तथा मत्स्य विज्ञ रमानन्द मिश्र लगायतले आ आफ्नो भनाई राखेका थिए ।
दुई दिन सम्म चल्ने गोष्ठीमाथि प्रकाश पार्दै स्रोत केन्द्रका मत्स्य विकास अधिकृत रमेश जैसवालले तेस्रो पटक संमन्वय गोष्ठी आयोजना गरिएको जानकारी दिए । उनले प्रकारको  गोष्ठीबाट मत्स्य क्षेत्रको नीति निर्माण ठोस कार्ययोजना निर्माण हुने बताए ।

कार्यक्रममा बोल्दै मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवाका प्रमुख महेशचन्द्र गुप्तले गोष्ठी फलदायी हुने बताएका थिए । कार्यक्रममा पहिलो दिन गोष्ठीमा केन्द्रीय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्र बालाजु काठमाण्डौका प्रमुख सरिता गौतम ले मत्स्य निति र हाल प्रक्रियामा रहेका मत्स्यसंग सम्बन्धीत अन्य नीति तथा नियमावलीमा मत्स्य विजको गुणस्तर व्यवस्थापन तथा नियनत्रण सम्बन्धी व्यवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिईन ।
उनको प्रस्तुतीकरणमा कृषि तथा पशु विज्ञान अध्यान संस्था पक्लीहवा कृषि क्याम्पसका प्रमुख डा. रामभजन भण्डलले टिप्पणी गरेका थिए।
यस्तै दोस्रो तत्र  उन्नत रहुँजातको माछाको विकासको सम्बन्धमा (जनकपुर तरहरा)को बर्तमान अवस्था भावि संभाव्यताको विषयमा मत्स्य मानव संसाधान विकास तथा प्रविधि प्रशिक्षण केन्द्र जनकपुरधाम धनुषाका  मत्स्य विकास अधिकृत नरेश कुमार महतोले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्र  माथि  पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ की नेन्सल पोखरेललेले टिप्पणी गरेकी थिईन ।

यस्तै मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवाका प्रमुख महेशचन्द्र गुप्तले शुद्धनस्लको ट्यागसहितको फ्युचर ब्रुडको वर्तमान अवस्था तथा वितरण प्रक्रियाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने माछा सुपर जोन बारा का प्रमुख हेमचन्द्र जैसवार ले टिप्पणी गरेका थिए ।
यस्तै शुक्रबारपनि विभिन्न कार्यपत्र प्रस्तुत हुने केन्द्रका मत्स्य विकास अधिकृत रमेश जैसवालले जानकारी दिए ।

© 2024 krishipatra All right reserved