प्रदर्शनीमा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक गोष्ठी हुने

बुटवल,  पुष
१५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार आज पुष १२ गते प्रदर्शनी स्थलमा रुपन्देहीमा कृषिजन्यउद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना गर्दैछ । स्वदेशी उत्पादनको पहिचान र व्यवसायिक प्रवद्र्धनका लागि आयोजित प्रदर्शनीमा कृषि जन्य उद्योगको सम्भावनाको खोजी गर्ने लक्ष्य सहित गोष्ठीको अयोजना गरिएको जनाइएको छ ।

गोष्ठीमा कृषिजन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौतीको अवस्थाका बारेमा दुई चरणमा गरी कृषि र भेटका विषयमा विषय विज्ञहरुको प्रस्तुती रहने गोष्ठी तथा सेमीनार उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिनु भयो । घिमिरेका अनुसार पहिलो चरणमा कृषि क्षेत्रका अवसर, सम्भावना र चुनौतीका विषयमा लुम्बिनी प्रदेश कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत शिव अर्याल, बाली सुरक्षा अधिकृत घनश्याम चौधरी, वरिष्ठ कृषि अर्थविज्ञ हरि पण्डीत र वरिष्ठ वागवानीविकास अधिकृत सन्देश धितालको छुट्टाछुटै प्रस्तुती रहने छ भने दोस्रो चरणमा वरिष्ठ पशु विकास अधिकृत परवेज आलम, वरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुसाल, पशु चिकित्सक डा. उत्तम आचार्य र पशु विकास अधिकृत हुमाकान्त पाण्डेको प्रस्तुति रहने छ ।
प्रस्तुत विषमा रुपन्देही उद्योग संघका आर्थिक सल्लाहकार तथा राममणी बहुमुखी क्याम्पसका सहप्रध्यापक डा.खगराज शर्मा र पशु चिकित्सक डा.गान्धीराज उपाध्यायले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । वक्ताहरुले रूपन्देहीमा कृषि र पशुका क्षेत्रमा भएको लगानी, लगानी मैत्री वातावरण, पूर्वाधार र चुनौतिका विषयमा तथ्य गत जानकारी गराउनु हुने जनाइएको छ । कार्यक्रममा प्रदर्शनीमा सहभागी कृषि क्षेत्रका स्टलधनी, उद्यमी र कृषकहरुको उपस्थिति रहने छ ।
रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ७ गतेदेखि जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा सोमवार पनी दर्शकहरुको सहभागिता र कारोवार उल्लेखनीय भएको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न आएका अवलोकनकर्ताहरु खुशीका साथ अवलोकन गरेका थिए ।

प्रदर्शनीमा मनोरञ्जन
प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु जारी छ । सोमवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गितप्रतियोगिता, तथा प्रदर्शनी आइडल कार्यक्रमका सहभागीहरुको छनौट प्रस्तुती एवं छनौट प्रक्रिया भएको छ । जसमा दोहोरी गित प्रतियोगिता अन्तरगत सोमवार दरबार रोधी क्लव काठमाडौं र गोधुली रोधी बुटवलवीच प्रतिष्पर्धा भएको छ । राष्ट्रिय तथा स्थानियक लाकारहरुको प्रस्तुती कार्यक्रममा गायक÷गायिका रितु कंडेल, शिलु भट्टराई, बैकुण्ठ महत, सुनिता बुढा, डान्सर आरती ज्ञवालीको प्रस्तुति रहेको थियो ।

सांस्कृतिक कार्यक्रम अन्तरगत मंगलवार प्रदर्शनी आइडलमा टप आठको प्रस्तुती रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती कार्यक्रममा चर्चित आधुनिक गायक रुपक डोटेल, लोक गायक नविन पौडेल, गायिका समिता घिमिरे, गायीका कल्पना कुशुम र गायक कमल भट्टराईको प्रस्तुती रहने छ । दोहोरी गित प्रतियोगिता अन्तरगत मंगलवार खस्र्यौली दोहोरी क्लब प्रालि, बुटवल र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशकावीच प्रतिष्पर्धा हुने भएको छ । त्यसैगरी अन्तरविद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको पनि आयोजना हुने जनाइएको छ ।

 

© 2025 krishipatra All right reserved