बुटवल, मंसिर–
कृषि ज्ञान केन्द्र रुपन्देहीको आयोजानमा स्थानीय तहका कृषि प्राविधिकहरुसंग अन्तरक्रिया गरेको छ । भैरहवामा आयोजीत कार्यक्रममा बोल्दै जिल्ला संमन्व समितिका प्रमुख उमाकान्त चापागाईंले सबैको पहलबाट कृषि क्षेत्रलाई सरल र सहज बनाउनुपर्ने बताए ।उनले कृषि प्राविधिकहरुको सहभागीतामा विना बदलिदो कृषि प्रणालीले फड्को मार्न नसक्ने भन्दै सोही अनुसारको काममा लाग्नको लागि निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका निमित्तप्रमुख राम प्रसाद पाण्डेले कृषि क्षेत्रका विकास विना आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने भन्दै सोही अनुसारको योजना बनाएर स्थानीय तह, प्रदेश सरकार लाग्नुपर्ने सहकार्यका लागि निर्देशनालय तयार रहेको बताएका थिए । कार्यक्रममा कृषि ज्ञान केन्द्र रुपन्देहीले आर्थिक बर्षको पहिलो चौमासिकमा गरेका कार्यप्रगति विवरण बारेमा कार्यालय प्रमुख शन्देश धितालले कार्यपत्र प्रस्तुतगरेका थिए ।
कार्यक्रममा विउ विजन प्रयोगशाला भैरहवाका प्रमुख राम गोविन्द आर्या, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना प्रमुख सौरभ विश्वकर्मा, कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा सहायक प्रबन्धक सुमन पन्थी लगायतले आ आफ्नो भनाई राखेका थिए ।