कृषि ज्ञान केन्द्र दाङ र पाल्पा उत्कृष्ट कार्यालयको रुपमा सम्मानित

बुटवल, १२ मंसिर ।
प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयले प्रथम चौमासिक समिक्षा गोष्ठी गरेको छ । भैरहवामा आयोजना गरिएको चालु आर्थिक बर्ष २०७९÷८० को समिक्षा गोष्ठीमा कार्यसम्पादन मुल्यांकनको आधारमा दुई वटा कार्यालयलाई उत्कृष्ट घोषणा गर्दै सम्मानगरिएको छ ।
कृषि ज्ञान केन्द्र दाङ र पाल्पालाई उत्कृष्ठ कार्यालयको रुपमा सम्मान गरिएको छ । समिक्षा गोष्ठीमा कृषि तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी, मन्त्रालयका सचिव यम नारायण देवकोटा, निर्देशनायका निमित्त प्रुमख राम प्रसाद पाण्डे सहितको टोलीले संयुक्त रुपमा कृषि ज्ञान केन्द्र दाङ का प्रमुख घनश्याम चौधरी र पाल्पा कार्यालयका प्रतिनिधीलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री रायमाझीले किसानको हितको लागि काम गर्नको लागि आग्रह गरेकी थिईन । अव बन्ने मन्त्री मण्डलमा आफ्नो सहभागीता हुने वा नहुने भन्ने विषयमा एकिन नभएको भन्दै उनले कृषि र किसानलाई सदैभ हितमा राखेर काम गर्नको लागि मातहतका कार्यालयहरुलाई आग्रह समेत गरेकी थिईन ।


कार्यक्रममा कृषि मन्त्रालयका सचिव यामनारायण देवकोटाले प्रदेश सरकारको भुमिका पछिल्लो समयमा संघीय सरकारबाट पनि ठोस रुपमा नहेरिएको भन्दै प्रदेशको स्थायित्व कायम गर्नको लागि भएपन किसानहरुको हितमा काम गर्न आवश्यक रहेको बताएका थिए । किसानहरुको हित भनेको नै सबै तहको हित भएको भन्दै उनले कार्यासम्पादनमा अझबढि मिहिनेतका साथ काम गर्नको लागि मातहतका कार्यालयहरुलाई आग्रह समेत गरे ।
कृषि विकास निर्देशनालय अन्र्तगतका विभिन्न मातहतका कार्यलय सहित संघीय मन्त्रालय मातहतका प्रदेशमा रहेका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा गोष्ठी भएको हो । गोष्ठीमा कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ अर्थ विज्ञ हरि प्रसाद पण्डीतले चौमासिकमा मन्त्रालयले गरेको प्रगतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा निर्देशनालयका प्रमुख राम प्रसाद पाण्डे, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. परवेज आलम, निर्देशनालयका अधिकृत कल्पना अर्याल लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।
दुई दिन सम्म चल्ने गोष्ठीमा विभिन्न निकायका कृषि संग सम्बन्धी कृषि ज्ञान केन्द्र, कृषि विकास शाखा, खाद्य व्यवस्था तथा आपुर्ती कम्पनी लिमिटेड, साल्ट टे«डीङ्ग कम्पनी लिमिटेड सहित राष्ट्रिय गहुवाली अनुसन्धन केन्द्र लगायतका सहभागीता रहेको छ । कार्यशाला गोष्ठीमा ति कार्यालयहरुले गरेको प्रथम चौमासिकको प्रतिवेदन छुट्टा छुट्टै प्रस्तुत गरी समिक्षा गर्ने कार्यक्रम तय गरिएको निर्देशनालयका अधिकृत दयाराम बस्यालले जानकारी दिए ।

© 2024 krishipatra All right reserved