पशुपंक्षि निर्देशनालयद्धारा ‘एक स्वाथ्य अवधारणा’ अन्तरक्रिया

बटवल, कार्तिक । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजानमा ‘एक स्वाथ्य अवधारणा’ सम्बन्धी कार्यक्रम बुटवलमा गरिएको छ ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री शुमन शर्मा रायमाझीले मानिसबाट पशुपंक्षिमा र पशुपंक्षिबाट मानिसमा सर्ने रोगको बेलैमा पहिचान, निदानका लागि सबैको सहकार्य जरुरी रहेको बताईन ।उनले यसको लागि कृषि मन्त्रालय मातातमा रहेका कार्यालयहको मात्रै प्रयासले संभव नहुने भन्दै यसको लागि प्रदेश, स्थानीय तह, संघीय सरकारका सबै निकायका विचमा सहकार्य जरुरी रहेको बताएकी थिईन ।
प्रदेशको कृषि मन्त्रालय यो विषयमा सदैध सचेत रहेको भन्दै मन्त्री रामाझीले मन्त्रालय मातहतका कार्यालयका साथै प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायका विचमा सहकार्य आवश्यक रहेको बताईन ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पशु क्वारेन्टाईन कार्यालय बाँकेका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. विनय कर्णले कार्यापत्र प्रस्तुत गर्दै सरकारले जुनोटिक रोग सम्बन्धी अवधारणालाई अगाडी बढाउन, व्यवहारतह कार्यानव्यनका लागि नीतिगत सुधारको खाँचो रहेको बताएका थिए ।
यस्तै प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बरिष्ठ कन्सल्टेन्ड डा. पुुष्पराज पौडेलले कार्यपत्र प्रस्तुत गर्दै समयमा नै पशुपंक्षि र मानिसमा लाग्ने रोग नियन्त्रण गर्न सकेकमा यसबाट छुटकारा पाउन सकिने बताएका थिए ।
कार्यक्रममा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका भुमिस्रोत तथा नक्सांक महाशाखा प्रमुख अनिल मरासीनी, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय निमित्ति प्रमुख डा. परवेज आलम, मन्त्रालयका पुर्व महाशाखा प्रमुख तुलसीराम भण्डारी, पशु क्वारेन्टाईन कार्यालय भैरहवा प्रमुख डा. भक्त निउरे, पशु चिकित्सक डा. महेन्द्र यादव, अधिकृत ऐश्वरा आचार्य लगायतले आ आफ्नो भनाई राखेका थिए ।

© 2024 krishipatra All right reserved