कृषि विकास निर्देशनालयको बार्षिक कार्यक्रम सर्वाजनिक

  • ६ करोड ५१ लाख २६ हजार रुपैयाँ बराबरको कार्यक्रम तय
  • बुटवल, असोज । लुम्बिनी प्रदेको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आर्थिक बर्ष २०७९÷८० को बार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले बार्षिक कार्यक्रम सार्वजनिककरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
    कार्यक्रममा बोल्दै कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाले कृषिको विकास लागि प्रदेश मन्त्रालयलले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले कृषिको विकास विना आर्थिक समृद्धी परिकल्पना गर्न नसकीने भन्दै कृषिको विकासका लागि प्रदेश सरकार, स्थानीय तह र संघीय सरकारका विचमा आपसी संमन्वयको खाँचो भएको बताए ।
    बार्षिक कार्यक्रम प्रस्तुत गर्दै निर्देशनालयका निमित्त प्रमुख हरि प्रसाद पण्डीतले ६ करोड ५१ लाख २६ हजार रुपैयाँ बराबरको कार्यक्रम तय गरिएको जानकारी दिए । उनका अनुसार अनुदान कार्यक्रमको लागि निर्देशनालयबाट १ करोड ८० लाख र अन्य ३ करोड ३२ लाख कार्यक्रम बजेटमा विनियोजन गरिएको छ ।
    मन्त्रालये प्रदेश स्तरमा २ करोड ४७ लाख ९५ हजार रुपैयाँ, कृषि विकसा निर्देशनालय मातहतका कार्यालयबाट १ करोड ४८ लाख २० हजार रुपैयाँ बराबरको बजेट यो आर्थिक बर्षमा परिचालित हुने छन् ।
    निमित्त प्रमुख पण्डीतका अनुसार यो आर्थिक बर्षमा निर्देशनालयबाट मुख्य गरी स्रोत केन्द्र विकास बगैचा सुदृढिकरण, सिंचाई सहितको कृषि विकास , मागामा आधारित कृषि तथा पशुपंक्षि विकास, आवश्यकतामा आधारित कृषि तथा पशुपंक्षि विकास सहयोग प्रोत्साहन अनुदान कार्यक्रम तय गरिएको छ ।
    यस्तै स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि उपजबजार पुर्वाधार भण्डारणगृह, कुल बुट, स्टोर निर्माणका कार्यक्रम समेत राखिएको छ । महिला लक्षित उन्नत किट वितरण, उच्च प्रविधियुत्त टिस्युकल्चर प्लान्ट स्थापना, कृषि यन्त्रीकरण, विउमा आत्मनिर्भर कार्यक्रम यो बर्ष निर्देशनालयले मुख्य कार्यक्रमको रुपमा अगाडी बढाएको छ ।
    कार्यक्रम सार्वजनिककरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देही कार्यालय प्रमुख नारायण प्रसाद काफ्ले, कार्यक्रममा निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि अधिकृत दयाराज बस्याल, बुटवल उपमहानगरालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी, कृषि मन्त्रालयका बागवानी विकास अधिकृत सुनौना बराली लगायतको सहभागीता रहेको थियो ।

    © 2025 krishipatra All right reserved