बानस्पतिक विषादीको प्रयोग: समस्या एवं समाधान

विषादी के हो
विषादी भनेको विष हो, औषधि होइन । अन्तर्राष्ट्रिय परिवेशलाई हेर्दा नेपालमा कम मात्रामा विषादी प्रयोग भएको पाइन्छ । एसियाको मात्र कुरा गर्ने हो भने सबैभन्दा न्यून मात्रामा विषादी प्रयोग गर्ने राष्ट्रमा हामी पर्छौँ ।
नेपालमा विषादी उत्पादन गर्ने कुनै कारखाना छैन । भारत, चीन, जर्मनी, अमेरिका, बंगलादेश लगायत बाट विषादी आयात भइरहेको छ ।
तरकारीमा सवैभन्दा वढी प्रयोग
कृषिमा सबैभन्दा बढी व्यावसायिक भएको क्षेत्र तरकारी हो । जुन बालीमा व्यवसायीकरण हुन्छ, त्यसमा कृषकले आफ्नो बाली जोगाउन विषादी प्रयोग गर्छ । किनभने, व्यवसायीकरणका माध्यमबाट गरेको खेतीमा नाफा कमाउने उद्देश्य राखिन्छ । नाफाका लागि बाली संरक्षण गर्न किसानले विषादी प्रयोग गर्ने गरेका छन् ।
नेपालमा—
आर्थिक वर्ष ०७०–०७१ मा १ अर्ब ७१ करोड
०७१–७२ मा २ अर्ब १ करोड र
०७२–७३ मा आयात बढेर २ अर्ब १४ करोड
आर्थिक वर्ष ०७३–७४ मा २ अर्ब ६१ करोड र
०७४–७५ मा २ अर्ब ५१ करोड रुपैयाँको विषादी आयात भएको थियो ।
नेपाल आयात हुनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको पाइन्छ । १५ प्रतिशत विषादी मात्र अरू बालीमा प्रयोग हुने गरेको छ । यसर्थ, खाद्यान्न धान, गहुँ, कोदो, मकै, फापर, गहुँलगायतका बालीमा न्यून विषादी प्रयोग हुने भएकाले आम नेपाली सुरक्षित छन् भन्न सकिन्छ ।
नेपालमा विषादीको प्रयोग
ब्यावसायिक तरकारी खेती जहाँ जहाँ छ ती ठाउँमा वढी प्रयोग भएको पाइन्छ । धादिङ, काभ्रे, मकवानपुर, नुवाकोट, चितवन, सर्लाही, भक्तपुरलगायतका जिल्लामा विषादीको प्रयोग धेरै पाइएको छ । अन्य जिल्लामा भने यसको कम प्रयोग पाइएको छ । यी जिल्लाहरूमा दीर्घरोगका बिरामीहरू धेरै नै देखा परेपछि किसानहरू सचेत हुन थालेका छन् । उनीहरू विषादीको सट्टा जैविक मल, गहुँत, गाउँघरमै पाइने झारबुटीको प्रयोग गरी यस्ता हानिकारक विषादी कम गराउने अभियानमा पनि छन् ।
विषादीको प्रयोग किन गर्नु हुँदैन ?

› छालामा एलर्जी हुन्छ ।
› आँखा पोल्छ ।
› रिंगटा लाग्छ ।
› वाकवाकी लाग्न थाल्छ ।
› टाउको दुख्छ ।
› पेट दुख्छ ।
› कमजोरी हुन्छ ।
› विषादी छाला, आँखा, श्वासप्रश्वासका माध्यमबाट तथा विषादी प्रयोग भएका खानेकुराको सेवनबाट शरीरभित्र प्रवेश गर्छ ।
›कतिपय विषादीले गर्भावस्थामै र दूधबाट पनि बच्चाको शारीरिक र मानसिक विकासमा असर पार्छ ।
› लामो समयसम्म विषादीको संसर्गमा आएपछि छाला, फोक्सो, पित्तथैली सहितका विभिन्न क्यान्सर हुने सम्भावना बढ्छ भने उच्च रक्तचाप, हृदयघात, मुटू, कलेजो र फोक्सो बिग्रिने गरेको अध्ययनहरूले प्रमाणित गरिसकेका छन् ।
› विषादीकै कारण प्रजनन क्षमतामा ह्रास आउने समेत देखिएको छ ।
› विषादीले वातावरणमा पार्ने असर पनि उत्तिकै डरलाग्दो छ ।
› हामीले सास फेर्ने हावालाई दूषित बनाउँछ,
› प्राकृतिक रूपमा फाइदा पु¥याउने जीवहरूलाई नष्ट गर्छ ।
› पानीका मुहान दूषित पार्छ ।
› अत्यधिक र अव्यवस्थित रूपमा विषादी प्रयोगले माटोको उर्वरा शक्ति ह्रास गर्छ ।
› रासायनिक विषादीले हानिकारक र फाइदाजनक दुवैथरी कीरालाई तत्काल असर गर्छ, मार्छ,
भारतमा गरिएको एक अध्ययन अनुसार सुत्केरी आमाको दुधमा परीक्षण गर्दा युरियामा पाइने किटनाशक पाइयो । जसवाट क्यान्सर, डायविटिज, प्रेसरजस्ता रोगहरु वढेको देखियो । यो अध्ययनवाट प्राप्त निष्कर्ष हो ।
विषादी मात्र हैन, रासायनिक मल पनि घातक ः
› रासायनिक मलको प्रयागले पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वनस्पतिक चक्र्रमा प्रतिकूल असर
› रासायनिक मलको प्रयोगले माटाको अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्ने काम गर्छ ।
› जैविक तत्वकै कमी भएर जमिन मरुभूमिमा परिणत हुन्छ ।
› शत्रु किराहरुको प्रतिरोधात्मक क्षमता बढ्छ र तिनलाई नियन्त्रण गर्ने क्रममा कडा विषादीको प्रयोेग वढाउँदै जानुपर्छ ।

जैविक वानस्पतिक विषादी के हो ?
प्राकृतिक श्रोतहरु मिसाई बनाइएको झोल वा जिवित सुक्ष्म जिव प्रयोग गरी रोग किराहरुको रोकथाम गर्ने विधिनै जैविक विधि हो । जैविक विधिले रोगकिराबाट बालीलाई बचाउनुका साथै मानव स्वास्थ्यको पनि सुरक्षा गर्छ ।साथै यसले शत्रुजीवको प्रभाब घटाई मित्रजीवको संरक्षण गर्दछ ।
अर्थात् जैविक वानस्पतिक विषादी भन्नाले शत्रुजीव आकर्षण गर्न, भगाउन तथा मार्न अथवा घरायसी प्रयोजनका लागि प्रयोग गरिने बानस्पतिक तथा जैविक श्रोतबाट उत्पादित, ठोस,ग्यास वा तरल पदार्थलाई जनाउँछ ।
यो अलि झन्झटिलो हुन्छ । उत्पादन कमी हुने र महंगो पर्ने विश्वास गरिन्छ । तर शत्रुजिवको कम भएपछि यसले फाइदा ज्यादा गर्छ ।
जैविक खेती के हो ?
विषादी लगायत हानिकारक तत्व प्रयोग नगरी गरिने खेती जैविक हो । यसमा मानिस तथा जीवका लागि हानिकारक हुने तत्वको प्रयोग हुँदैन । आफ्नै परिवेशमा पाइने वनस्पति, जडीबुटी तथा अन्य वस्तुबाट जैविक खेतिका सामग्री तयार पारिने हुँदा यी सामग्री जीवनका लागि हानिकारक नभई लाभदायक हुने गर्छन् । तर रासायनिक मल तथा कीट नाशक विषादीको प्रयोग गरेर गरिने खेती रासायनिक खेती हो भने परम्परागत जैविक वस्तुमा मात्र निर्भर रहेर गरिने खेती जैविक खेती हो । जो जन्मिन्छ, बढ्छ र मर्छ अनि जसलाई बाँच्नका लागि खाना, पानी र हावा चाहिन्छ , त्यसलाई जीव भनिन्छ । त्यसैले विषादी लगायत हानिकारक तत्त्व प्रयोग नगरी गरिने खेती जैविक हो ।
जैविक विषादीबाट के फाइदा हुन्छ ?
ड्ड जैविक, वानस्पतिक वा घरेलु विषादीले हानिकारक कीरालाई नमारी तिनको सङ्ख्या व्यवस्थापन गर्न सकिने तहमा राख्छ । यसरी व्यवस्थापन गरे मात्र प्रकृति सन्तुलित हुन्छ ।
ड्ड गोबर मल, कम्पोस्ट मल, गँड्यौला मलले बालीनालीलाई आवश्यक पर्ने धेरै पोषणतत्व परिपूर्ति गर्छ ।
ड्ड तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ । त्यसैले यस्ता प्राङ्गारिक मलको उत्पादनलाई व्यवसायीकरण गरिनुपर्छ ।

ड्ड संसारका ९० प्रतिशतभन्दा बढी कीरा फाइदाजनक हुन्छन् । तिनीहरू मांसाहारी हुन्छन् र हानिकारक कीरा खाएर बाँच्छन् ।
ड्ड प्रकृतिको यस्तो अलौकिक प्रक्रियाको महत्वबारे थाहा भएर पनि तत्काल र धेरै नाफा लिने नाममा अत्यधिक र अव्यवस्थित रूपमा विषादी प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित गरिनुपर्छ ।
हाम्रो समस्या नीतिमा हैन, कार्यान्वयनमा ः
 जीवनाशक विषादी नियमावली २०५०
 प्राङ्गारिक तथा जैविक मल नियमन कार्यविधि २०६८
 जैविक वानस्पतिक विषादी उत्पादन,प्रयोग तथा अनुदान निर्देशिका २०७४ कृषि मन्त्रालयले जारी गरेको थियो ।
 १ नं. प्रदेशले जैविक तथा वानस्पतिक विषादीको प्रयोग तथा विस्तार कार्यविधि २०७५
 प्रायः हरेक वर्षका वजेटमा विषादीबाट मानव स्वास्थ्यमा पर्ने असरलाई न्युनिकरण गर्नेवारे उल्लेख भएको हुन्छ ।
हाम्रो उद्घेश्य
ड्ड जैविक वानस्पतिक विषादीको उपलब्धता बृद्घि गर्नु
ड्ड जैविक वानस्पतिक विषादी उत्पादन र प्रयोगमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नु
ड्ड रासायनिक विषादीको विकल्पमा सुरक्षित विषादीको प्रयोग गर्नु ।

जैविक विषादि बनाउने तरिका
गोमुत्रमा अरु स्थानीय वनस्पति वा जडीबुटि प्रयोग गरेर जैविक विषादि बनाउन सकिन्छ ।
तरिका
गहुँत वा मानिसको पिसाबलाई मुख बन्द गर्न मिल्ने भाँडोमा जम्मा गर्ने ।
वनस्पतिहरु के के प्रयोग गर्ने ः
› नीमको पात वा असुरो
› बकाइनोको पात,
› वनमारा
› तीतेपाती
› बोझो
›आकासबेलीको पात
› राजबेलीको पात
› सूर्ती
› बकाइनो
› लसुन,
› अकबरे खुर्सानी,
सामान्यतः पशुले नखाने वनस्पति विषादी हो अर्थात् विषाद िबनाउन हुन्छ भनेर बुझ्दा हुन्छ ।
यसका लागि प्लास्टिकको, मुख बन्द गर्न मिल्ने भाँडो वा ड्रमको प्रयोग गर्न सकिन्छ । यसमा
सानो सानो टुक्रा पारेर राख्ने ।
गहुँत वा पिसाबमा यी सबै वनस्पतिलाई राखेर चलाउने । अनि बेस्सरी बिर्को बन्द गर्ने । यो मिश्रणलाई दिनको एकपटक चलाउने गर्नुपर्छ । तीन देखि चार हप्तासम्म यो मिश्रणलाई हरेक दिन चलाउनुपर्छ । तीन हप्तापछि यो मिश्रणलाई जैविक विषादि वा झोल मलका रुपमा विरुवामा प्रयोग गर्न सकिन्छ ।
यो जैविक विषादि वा झोल मललाई विरुवामा प्रत्यक्ष वा माटोमा प्रयोग गर्न सकिन्छ । माटोमा प्रयोग गर्दा यसले उर्बरा शक्ति बढाउँछ । विरुवामा प्रयोग गर्दा भने यसको गन्धले शत्रु किरा भाग्छ, बोटमा बस्दैन । यसले गर्दा विरुवालाई कुनै किराले दुःख दिन पाउँदैन ।
विषादीलाई एक भागमा २० भाग पानी हालेर प्रयोग गर्नुपर्छ ।
यसको अर्थ यहीनै ठिक्क मात्रा हो भन्ने हैन । जसरी रासायनिक किटनाशक औषधि क्रमसः वढाउँदै लग्नुपर्छ त्यसरीनै यसलाई पनि वढाउनुपर्छ । औषधिको क्रमिक प्रयोगले किराहरुको प्रतिरोधात्मक शक्ति वढ्दै जान्छ ।

जैविक विषादी वा मल किन प्रयोग गर्ने –
 बालिलाई बचाउन
 रोग किरा लाग्न नदिन
 लागि सकेको रोग किरा हटाउन
 रासायनिक औषधिको प्रयोग नगर्न
 सिंचाई गर्न

हाल प्रयोगमा नहुनुको कारण ः

 वैकल्पिक अर्थात् जैविक तथा वानस्पतिक विषादीहरु सर्वसुलभ नहुनु
 रासायनिक विषादीको न्यूनीकरणका लागि प्रचारात्मक कार्यक्रम नहुनु
 वैकल्पिक प्रविधिहरुको प्रभावकारी प्रचारप्रसार नहुनु
 विषादी नराखेसम्म केही पनि उत्पादन हुँदैन भन्ने मानसिकता हुनु
 आफ्नो ज्ञानप्रति विश्वास नहुनु
 वजारवाट किनेर लग्ने सहज ब्यवस्थापनको विकल्प नहुनु
यसरी हुन्छ समाधान ः
 हालसम्मका सरकारी नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।
 उत्पादन तथा हाल प्रयोगमा ल्याइएको बानस्पतिक विषादीको ल्याब परीक्षण गरिनुपर्छ ।
 मानव स्वास्थ्यमा घातक असर पर्ने गरी कृषि उत्पादनमा प्रयोग भइरहेको रासायनिक विषादी न्यूनीकरण गर्न यसको विकल्प खोजीसँगै सचेतना विस्तार गर्नुपर्छ ।
 उपभोक्ताको मनोविज्ञानमा परिवर्तन ल्याउनुपछ । जस्तै
 विषादी प्रयोग नगरिएका फलफूल, तरकारी कीरा लागेका र एकनासले नसप्रेका हुन सक्छन् जुन सामान्यत ः उपभोक्ताले किन्दैनन् ।
 अधिकांश उपभोक्ता चिल्लो, चम्किलो र फस्टाएको आकर्षक उत्पादन रोज्ने गर्छन् । उपभोक्ताको छनोट र माग अनुसारको कृषि उपज नै बजारले उपलब्ध गराउँछ र यस्ता उत्पादन विषादीको अधिकतम प्रयोगबाट मात्रै सम्भव हुन्छ ।
 तत्काल जैविक वानस्पतिक विषादीको प्रयोगबाट उत्पादन वढ्दैन बरु घट्छ त्यसैले केही समयका लागि अनुदानको ब्यवस्था हुनुपर्छ ।
 वानस्पतिक विषादी मल पनि हो त्यसैले यसको प्रयोगले रासायनिक मलको आयात घट्छ भन्ने कुरा हेक्का राख्नुपर्छ ।
 सरकारले अनुदान दिई यसको प्रयोग गर्नका लागि ब्यावसायिक किसानलाई अभिप्रेरित गर्नुपर्छ ।
 अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न बजारीकरणमा पालिकाहरुले सहयोग गर्नुपर्छ ।
 सरकारले सहकारीलाई यस्ता विषयमा निर्देशन गर्नसक्छ । त्यसो हुँदा जागरण ल्याउन सहज हुन्छ ।
 सामुदायिक वन उपभोक्ता समुहहरुले यो अभियानमा सहयोग पुर्याउन सक्छन् ।
 पालिकाहरुले टोल विकास समितिहरुलाई यसवारेमा सहजीकरण गर्ने वा निर्देशन दिन सक्छ । प्रोत्साहनका लागि समुहलाई पुरस्कृत गर्ने परम्परा बसाल्दा उपभोक्ता स्वयं जागरुक हुने अवस्था आउँछ ।
 खानेपानी तथा सरसफाई अभियान्ताहरुले यो अभियानलाई सार्थक बनाउन सक्छन् ।
 उपभोक्ता हित संरक्षण मञ्चले विद्यालय वा अन्य समुहमार्फत् पनि यो अभियानलाई लैजान सक्छ ।
 समग्रमा सरकारका तीनै तह, सरकार अन्तर्गतका जन समुह वा निकाय सवैले यसलाई चासो दिने हो भने यसले केही समयमै सार्थक पाउन सक्छ ।
 जहाँ थोरै जग्गा हुन्छ त्याँहा यो सफल हुन्छ किनकि थोरैबाट धेरै आम्दानी गर्नुपर्ने हुन्छ । यस अर्थमा बुटवल र यसको आसपास सम्भावनायुक्त क्षेत्र हो । गौतमवुद्घ अन्तर्राष्ट्रिय एयरपोर्टका कारण निर्यात गर्न सकिने अपार सम्भावना छ । यसलाई हेरेर पनि यसमा लाग्नै पर्ने अवस्था देखिन्छ ।

उपभोक्ताको रोजाइको मनोविज्ञानले विषादीको प्रयोगलाई प्रोत्साहित गरिरहेको हुन्छ । विषादीको प्रयोग घटाउन र प्राङ्गारिक कृषिलाई प्रवर्द्धन गर्न अन्य प्रयाससँगै उपभोक्ताको रोजाइ र सोचलाई घचघच्याउन जरुरी छ ।
काठमाण्डौका एक जना लामाले अर्गानिक उत्पादन गर्न थालेपछि घरेलु बजारमात्र हैन हाल जर्मनी, अमेरिका, सिङ्गापुर, रुस लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत उत्पादनको करिब ३० प्रतिशत निर्यात गर्ने गरेको लामाको भनाइ छ ।
एउटा उदाहरण भारतको ः
भारतको कर्नाटक र महाराष्ट्रमा युरियावाट भन्दा गोवरबाट धेरै उत्पादन हुने गरेको तथ्य पाइएको छ । उनीहरुले गरेको अध्ययन अनुसार युरियाको प्रयोग गर्दा एक एकड जमिनमा २० देखि २५ क्वीन्टल उँखु हुन्थ्यो भने गोवरको प्रयोग गर्दा ९० क्वीन्टलसम्म पुग्यो ।
त्यस्तै १२ क्वीन्टल गहुँ हुने एक एकड जग्गामा २० देखि २२ क्वीन्टल भयो भने २.५ क्वीन्टल कपास हुने ठाउँमा ७ क्वीन्टल भयो । यो तथ्यले गोवरकै प्रयोगवाट उत्पादनमा बृद्वि भएको देखाउँछ । खेतीका लागि शत्रु जीव र मित्र जीवको ठूलो अर्थ छ । विषादीको कुरै नगरौं रासायनिक मलले पनि मित्र जीवलाई मार्ने गर्छ ।
अर्थात् गोवर जीवजन्तुको लागि खाना हो भने युरिया विष हो । गड्यौला मल आजभोलि अति प्रयोगमा छ । त्यो साच्चैनै उपयोगी छ । तर, गड्यौलालाई हातमा राखेर त्याहाँ युरिया राखिदिने हो भने ती मर्नेछन् । यसरी युरियाको प्रयोगले करोडौं गड्यौलाहरु मर्ने गरेका छन् ।
कृषि वैज्ञानिक सुभाष पालेकरको जीरो वजेटमा खेती भन्ने नारा छ यहाँ ।

https://www.youtube.com/watch?v=vpjiFA3I26U

https://www.youtube.com/watch?v=q9MVQm5SIfw
भारतमा सिक्किमले पनि पर्यटन उद्योग वढाउने लक्ष्य राखेर अर्गानिक ृत्पादनमा जोड दियो र सफल भयो । रासायनिक मल प्रयोग नगरी उत्पादन गरिएका खाद्यान्नको भारतसहित संसारका सबै देशमा ठूलो माग हुन्छ भन्ने विश्वासमा यसो गरिएको हो । यसबाट कृषि पेशाप्रति आकर्षण पनि वढ्ने र आम्दानी पनि बढ्ने हुन्छ ।
भुटान पनि यो अभियानमा लागेको छ ।
यस्तो मल जसको प्रयोगले विषादी चाँहिदैन ?
चाहिने सामाग्री ः ५ किलो गोवर, ५ लिटर मुत्र ( जुन प्राणीको गोवर उही प्राणीको मुत्र ), १ किलो कुहेको वा सडेको भेली, १ किलो दालको आटा, आधा किलो पिपलको वोट मुनिको माटो ।
यति जम्मा गरिसकेपछि घोलेर प्लास्टिकको ड्रममा १५ दिनसम्म राख्ने र दैनिक एक पटक चलाउने । वढी बाक्लो भए थोरै पानी मिसाएर पातलो वनाउन सकिन्छ । यसलाई घाममा नराख्ने । सितल ठाउँमा राख्ने ।
माथि उल्लेखित सामाग्री मध्ये पिपलको वोट मुनिको माटो किन भन्ने प्रश्न आउन सक्छ । यसको कारण पिपल सवैभन्दा अक्सिजन दिने विरुवा भएकोले यो माटोमा सवैभन्दा धेरै मित्र जिवाणु हुने रहेछन् । ती जिवाणु माटोको उत्पादन क्षमता वढाउन उपयोगी हुन्छन् । यर यसवाट लाखौं हैन करोडौं जिवाणुहरु तयार हुँदा रहेछन् ।
› यति गरिसकेपछि तयार भएको झोलमा २०० लिटर पानी मिसाएर १ एकड अर्थात् साढे २ विगाहा खेतमा छर्न सकिन्छ । यो तरिकाले पहिलो पटक वाली छर्नु अघि, दोश्रो पटक चौथो वा पाँचौ दिनमा, तेश्रो पटकदेखि हरेक २१ दिनमा स्प्रे गरेर छर्ने । सामान्यत ः एक वालीमा ४ वा ५ पटकसम्म यो तरिकाले छरेपछि अरु कुनै रासायनिक मल खर्चनु पर्दैन ।
› भनिन्छ यो मलमा १८ वटा नाइट्रोजन, क्याल्सियम, फसफोरस, आइरन, सल्फर लगायतका सुक्ष्म पोषण तत्व पाइदा रहेछन् ।
› यो तरिकाले खेती गर्दा अर्गानिक उत्पादन गर्न पनि सकिन्छ । सस्तो मूल्यमा उत्पादन गर्न सकिन्छ । विदेश जाने पैसा रोकिन्छ । सरकारले अनावश्यक अनुदान दिइराख्नु पर्दैन । बरु यो तरिकाले खेती गर्ने किसानलाई सहयोग गर्दा हुन्छ । कारणवस किसानले झन्झट मान्छन् भने ब्यावसायिक रुपले यस्तो मल उत्पादन गरी वजारमा लैजाने ब्यक्तिलाई अनुदान दिएर निःशुल्क वितरण गर्दा पनि सरकारलाई फाइदानै हुन्छ । अव यस तर्फ हाम्रा कृषि वैज्ञानिकहरु लाग्ने कि ? वा सधैभरी आयात वढाउँदै रोगी नागरिक तयार गर्ने ? यसरी तयार गरिएको मलको म्याद कहिल्यै सकिदैन ।
अन्तमा
विषादी कम गर्न यसरी सकिन्छ
› तरकारी पकाउनुभन्दा अगाडि तीव्र गतिमा पानी झर्ने धाराको पानीमा तीनपटकसम्म राम्रो गरी पखाल्ने हो भने ६० प्रतिशत विषादी पखालिएर जान्छ ।
› त्यस्तै एक लिटर पानीमा एक चम्चा नुन हालेर घोल्ने । यसरी नुन घोलिएको पानीमा तरकारी वा फलफूल १० मिनेट राख्ने । यसो गर्दा ८० प्रतिशत विषादी पखालिन्छ ।
› सतप्रतिशत विषादी फाल्नु छ भने बाहिरको बोक्रा फालेर खानुपर्छ । बन्द छ भने बाहिरको एक–दुई पत्र मात्र फाल्नुपर्छ । घिरौँलाको बोक्रा छिनाल्न सकिन्छ ।
२०७९ असौज ११ गते उपर्युक्त विषयमा प्रस्तुत विचार

© 2024 krishipatra All right reserved