‘वातावरण जोगाउन जैविक विषादी प्रयोगमा जोड’

बुटवल, असोज । वातावारण जोगाउनको लागि रसायनीक विषादीको प्रयोग भन्दा जैविक, वानस्पतीक विषादी प्रयोग गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । लुम्बिनी जैविक विषादी तथा एग्रो संस्थाको आयोजनामा बेलबासमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांसले जैविक विषादीको प्रयोग नै वातावरण जोगाउने प्रमुख अस्त्र भएको बताएका हुन ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्रालयका खाद्य सुरक्षा महाशाखा प्रमुख शिव प्रसाद अर्यालले रासायनीक विषादी, मल को प्रयोग भन्दा पनि जैविक विषादी र प्रांगारिक मल प्रयोगमा जोड दिनुपर्ने बताए । उनले यसको लागि जनस्तरबाट जनचेतान आवश्यक रहेको बताएका थिए ।
यस्तै कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख सन्देश धितालले पछिल्लो समयमा अर्गानिक खाना, जैविक विषादी, प्रांगारिक मल प्रयोग लगायतका विषयमा आम जनचासो विस्तारै बढ्दै गएको भन्दै सोही अनुसारको कार्ययोजना बनाएर लाग्नुपर्ने बताए ।


उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले अवको विकल्प भनेको नै प्रांगारिक खेती, जैविक विषादीकोप्रयोग भएको भन्दै सोही अनुसारको खेतीमा लाग्न किसानलाई आग्रह गरेका थिए । सकेसम्म खाद्यान्न तथा तरकारीमा विषादी नै नहाल्ने, हाल्नै परेमा जैविक विषादी प्रयोग गर्न उनले सुझाए । उपभोक्ता अधिकार ऐनले समेत अखाद्य, विषादीयुक्त खाद्यान्न विक्रि वितरणमा रोक लगाएको भन्दै उनले यसमा ख्याल गर्नको लागि आग्रह समेत गरेका थिए ।
कार्यक्रममावरणका अध्येता तथा बरिष्ठ पत्रकार डी.आर.घिमिरेले बानस्पतिक विषादीको प्रयोग ः समस्या एवं समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा बुटवल उमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिजी, अखिल नेपाल किसान महासंघ महेन्द्र गिरी,सल्लाहकार नारायण घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।
लुम्बिनी जैविक विषादी तथा एग्रो समुहका अध्यक्ष रिता घिमिरेको अध्यक्षता तथा सचिव मधुकला कुँवरको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका सञ्चालक शान्ता घिमिरेले स्वागत मन्तव्य राखेकी थिईन ।

 

© 2025 krishipatra All right reserved