बुटवल, असोज ।रुपन्देहीमा रहेका दुई वटा कार्यालयले आफ्नो स्वीकृत कार्यक्रम सार्वजनिक गरेका छन् ।
कृषि तथा पशुपन्छी क्षेत्रको विकासकालागि २१ करोड २ लाख २२ हजार बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो ।कृषि ज्ञान केन्द्र भैरहवा रुपन्देही र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कार्यक्रम आयोजना गरि वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेका हुन् ।
जसमा विज्ञ केन्द्रको ११ करोड १३ लाख ८५ हजार हो भने ज्ञान केन्द्रको बजेट ९ करोड ८८ लाख ३७ हजार रहेको छ । प्रदेशले बजेट सार्वजनिक समयमै गरेपनि कार्यक्रम सञ्चालनकालागि कार्यविधि बनेर स्वीकृत हुन समय लागेकाले मातहतका कार्यालयहरुले बल्ल कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।
आवश्यकता, माग, विशेष बालीवस्तु प्रवद्र्धन र प्रतिफलमा आधारित भएर बजेट विनियोजन गरेको कृषि ज्ञान केद्रका प्रमुख सन्देश धितालले जानकारीदिए । कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार, कृषि तथा पशुपन्छीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास लगायतका कार्यक्रलाई प्राथमिकतामा राखेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दिपक भुसालले जानकारीदिए ।
आवश्यकताका आधारमा कार्यक्रम गर्दा अधिकतक सीमा ५० हजार राखिएको छ । पशुपन्छी तर्फ मागका आधारमा २ लाख र बालीवस्तु प्रवद्र्धनमा अधिकतम सीमा ५ लाख राखिएको छ । अनुदानका कार्यक्रम लक्षित वर्गसम्म पुर्याउन स्थानीय सहकारसँग समन्वय गरेर कार्य अघि बढेको हो ।
कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समितिका प्रमुख उमाकान्त चापागाईंले उत्पादनमा आधारित अनुदानमा केन्द्रीत हुनुको विकल्प नभएको बताएका छन् । उनले अनुदान खानकै लागि स्थापना भएका कृषि तथा पशु फार्मको अनुगमन आवश्यक रहेको भन्दै सोही अनुसारको कानूनी कारवाही समेत ल्याउनुुपर्ने तर्क राखे । उनले भने–‘अनुदानको लागि मात्रै खेती गर्ने, फार्म चलाउनेहरुलाई निरुतासाहित गर्दै उत्पादन प्रतिफलमा आधारित अनुदान वितरण गर्नुपर्दछ । ’
कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक राम प्रसाद पाण्डेले कृषि नै आर्थिक रुपान्तरणको आधार भएको भन्दै सोही अनुसारको योजना प्रदेश सरकारबाट आउने बताएका थिए ।
कार्यक्रममा रुपन्देहीका जिल्ला संमन्वय अधिकारी धर्मा अर्याल बेलबासे, एनएलएसआईपी विकेन्द्रीकृत कार्यालय बुटवलका प्रमु डा. गान्धीराज उपाध्याय, पशु क्वारेन्टाईन कार्यालय रुपन्देहीका प्रमुख डा. भक्त निउरे, विउ विजन प्रयोगशाला भैरहवा प्रमुख राम गोविन्द्र आर्या, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय रुपन्दहेही प्रमुख नारायण काफ्ले लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ का अध्यक्ष लेखनाथ पाण्डे, गहुँ जोन सञ्चालक समितिका अध्यक्ष जगन्नथ प्रसाद कुर्मी, ज्ञान विज्ञान कृषि सहकारीका अध्यक्ष ढुण्डीराज खनाल, पुष्प व्यवसायी रमेश पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।