लुम्बिनी सीडले उत्पादन गरेको नेपाली हाईब्रेड धानको उत्पादकत्व उत्कृष्ट

  • कम्पनीले काठमाडौ उपत्यकाबाहिर पहिलो पटक नीजी विउ उत्पादक कम्पनीले वर्णशंकर (हाइब्रिड) बीउ उन्मोचन (विकास) र जातिय विकासको अनुमती प्राप्त गरेको थियो
  • बुटवल, असोज । रुपन्देहीमा रहेको लुम्बिनी सिड उत्पादक कम्पनी ले उत्पादन गरेको नेपाली हाईब्रेड धानको बीउको उत्पादकत्व अन्य रैथाने बीउ भन्दा उच्च पाइएको छ । विगत २०६९ साल देखि बीउ उत्पादन तथा प्रशोधनमा काम गर्दै आएको लुम्बिनी सिड कम्पनी प्रालिले वि.स. २०६२ सालमा मुल बीउ उत्पादन अनुमती प्राप्त गरेको थियो भने २०७६ साल देखि नेपाली हाईब्रेडको विउ उत्पादनको लागि अनुमती पाएको थियो ।

    कृषि क्षेत्रका विज्ञ, नेपाल कृषि अनुसन्धान परिषद्(नार्क), राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, सिमिट परियोजनाका विज्ञहरुले गरेको स्थलगत अध्ययन तथा अनुसन्धानबाट अन्यको तुलनामा हाईब्रीड धानको उत्पादकत्व वृद्धिका साथै अन्य धान भन्दा छिटो उत्पादन भएको पाइएको हो ।
    जस अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर ७ जहदामा विभिन्न उत्पादित धानका डेमो समेत प्रस्तुत गरिएको छ । नेपाली स्वदेशी सेंचित र हाईब्रेड बाली र तिनका जातको मात्रै बीउ उत्पादन, प्रशोधन तथा बजारीकरण गरी विदेशी विउ उन्न आयातलाई घटाउदै जाने कम्पनीको उदेश्यक अनुसार अहिले धानमा हर्दिनाथ हाईब्रीड–१, हर्दिनाथ ३ का विउ बजारीकरण गर्दै आएको छ ।
    कम्पनीको रिसर्च एण्ड डेभलपमेन्ट स्टेशनको रुपमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ जहेदामा २ हेक्टर क्षेत्रफलमा डेमो, ट्रयाल, जातिय परिक्षण छनौट र विकासको काम गरेको छ ।
    यस्तै सोही कम्पनीबाट उत्पादन भएको स्वदेशी हर्दिनाथ हाईब्रीड १ (एच.एच–१) एफ १ धान १ सय ७५ किलो विउको प्रयोग गरी अन्न उत्पादन कृषकम समुह तिलोत्तमा १० शान्तीनगरमा लागाइएको छ । शान्तीनगरमा लाईएको उक्त धान अवको केही दिनमा पाक्ने अवस्थामा रहेको छ । स्थानिय किसान खेमराज घिमिरेले पहिला गोरखनाथ, सावा, पुनम जातका धान लगाउने गरेकोमा हाल नमुनाको रुपमा हर्दिनाथ धान लगाउँदा हाल सम्मको अवस्थामा झण्डै दोब्बर उत्पादकत्व आउने अनुमान गरिएको बताए । उनका अनुसार अहिले सम्म धानको बाला, अवस्था, रोग किरा नलागेको कारण अन्य धाना भन्दा यस्को उत्पादकत्व वृद्धि हुने अपेक्षा लिएकको बताए ।
    यस्तै सोही क्षेत्रका किसान मणिरत्न घिमिरेले नगरपालिकाले अनुदानको रुपमा उपलब्ध गराएको धानका विउ बाट आफुहरु सन्तुष्ट रहेको भन्दै अहिले सम्मको अवस्थाले उत्पादकत्व अझ बृद्धि हुने अपेक्षा लिइएको बताए ।
    उत्पादन गरिएको धानको विषयमा कृषि विभागका महानिर्देशक रेवरत रमण पौडेल सहित राष्ट्रिय योजना आयोग, नेपाल कृषि अनुसन्धान परिष्द, कृषि मन्त्रालय, धानबाली अनुसन्धान कार्यक्रम, सिमिट परियोजनाका विभिन्न उच्चपदस्त व्याक्तिहरुले स्थलगत अनुगमन भ्रमण समेत गरेका छन् । स्थानीय किसान लिला जैसी घिमिरेले किसानले समयमा नै मल, सिंचाई पाउने हो भने ३ सीजन नै धान खेती गर्न सकिने बताईन् । उनले किसानहरुले समयमा नै मल, विउ र सिंचाई पाउनुपर्ने भन्दै यी ३ वटा कुराको सहज परिपुर्ती भएमा उत्पादकत्व वृद्धिका लागि थप योगदान पुग्ने उनको भनाई रहेको छ ।
    यस्तै किसान होम बहादुर विश्वकर्माले समेत किसानलाई सहज रुपमा मल, विउ, सिंचाईंको व्यवस्था हुनुपर्ने भन्दै सोही अनुसारको व्यवस्था स्थानीय तह देखि संघीय सरकारले गर्नुपर्ने बताए ।
    किसानहरुको कुरा सुनेपछि कृषि विभागका महानिर्देशक डा.रेवती रमण पौडेलले विउ मा आत्मनिर्भर भएमा मात्रै उत्पादकत्व वृद्धि हुने उत्पादकत्व वृद्धि भएमा मात्रै खाद्यान्न आयात रोकीने भन्दै सोही अनुसारको योजना निर्माणमा सरकार लागिपरेको बताए । उनले अहिले १० कठ्ठा क्षेत्रफलमा नमुनाको रुपमा गरिएको धान खेतीलाई अझ विस्तार गरी १०० विघामा पु¥याउन आवश्यक रहेको भन्दै अहिले सरकारले विउ उत्पादक समुह, सहकारी, किसान मार्फत अनुदान समेत उपलब्ध गराएको जानकारी दिए ।
    लुम्बिनी सीड कम्पनी प्रालिका अध्यक्ष समेत रहेका कृषि विज्ञ शुभाषराज उपाध्यायले नीजी क्षेत्रले विकास गरेको हार्दिनाथ धानको उत्पादकत्वको विषयमा किसानहरुले नै स्पष्ट पारेको भन्दै विदेश हाईब्रेड धान भन्दा स्वदेशमा नै उत्पादन गरिएको स्वदेशी धानको विउ प्रयोग गर्नुपर्ने कुरामा जोड दिए । उनले किसानबाट उत्पादन भएको उत्कृष्ठ धानको बीउ आफुहरुले खरिद समेत गर्ने प्रतिवद्धता जनाए ।
    कम्पनीले काठमाडौ उपत्यकाबाहिर पहिलो पटक नीजी विउ उत्पादक कम्पनीले वर्णशंकर (हाइब्रिड) बीउ उन्मोचन (विकास) र जातिय विकासको अनुमती प्राप्त गरेको थियो । भैरहवामा रहेको लुम्बिनी सिड कम्पनी प्रालिले नेपाल सरकार मन्त्री परिषद्बाट स्वीकृत प्राप्त गरी वर्णशंकर (हाइब्रिड) बीउ उन्मोचन (विकास) र जातिय विकास को काम गरिरहेको छ । कम्पनीले गहुँ, मसुरो धान, मकैको विउ उत्पादनको काम गर्दै आएको छ । जसमा धानमा १० वटा जात, गहुँमा १४ वटा, मकैमा १० वटा, मसुरोमा ४ वटा जातमा काम गर्दै आएको सञ्चालक शुभाष उपाध्यायले जानकारी दिए ।

    © 2024 krishipatra All right reserved