लुम्बिनी फलफुलको रणनीतिक योजना कार्यशाला

बुटवल  साउन । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ को आयोजनामा रणनीतिक योजना तर्जुमा तथा नेतृत्व विकास कार्याशाला सियारी ५ छपियामा सुरु भएको छ । संस्थाको बार्षिक कार्ययोजना अनुसार आयोजना गरिएको कार्याशालाको उद्घाटन सत्रमा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषालले संस्थागत विकासका लागि दिर्घकालिन योजना आवश्यक रहेको बताए ।
उनले सामुहिक एकताबाट नै संस्था बलियो हुने भन्दै यसको लागि सामुहिक एकतामा विशेष जोड दिदै संस्थागत उदेश्य परिपुर्तीका लागि सबैजना लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा व्यवसायीक सिप विकास प्रतिष्ठान बुटवल कार्यालयका प्रमुख  मुकुन्द ज्ञवालीले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष बाबुराम भुषालले कुनै पनि संस्थाको संस्थागत विकासका लागि नेतृत्व विकास आवश्यक रहेको भन्दै सोही अनुसारका कार्ययोजना निर्माण गरी अगाडी बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा संस्थाका व्यवसायीक सल्लाहकार भिमकान्त पन्थी र कृष्ण प्रसाद पौडेल, कनूनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे, पुर्व अध्यक्ष ओजिर शाह लगायतले आ आफ्नो भनाई राखेका थिए । संस्थाका कार्यसमिति सदस्य सहित व्यवसायीक सदस्यहरुको सहभागीता रहेको कार्यशालाको संयोजन मो. याकुवले गरेका हुन । संस्थाका महासचिव मेघनाथ पौडेल ले संस्थागत विकास व्यवसायीक ससफलता लगायतका विषयमा कार्यशालामा छलफल गरी रणनीतिक योजना समेत तयार गरिने बताए ।

© 2022 krishipatra All right reserved