च्याउ विक्रि बाट सुरु भएको समूह प्रशोधन उद्योग सम्म

  • निकट भविष्यमा च्याउपाउडर (धुलो प्याकेजिङ्ग) गरेर बजारीकरण गर्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।
  • बुटवल,  साउन ।
    वि.सं. २०७५ सालमा बुटवलको हाट बजारमा व्यवसाय गर्दै आएका ७ जना व्यवसायीहरूले आफूले नै स्थापना गरेको ‘शशक्त बचत तथा ऋण सहकारी संस्थाबाट १÷१ लाख रूपैयाँ युवा स्वरोजगार बाट कर्जा लिए । सहकारी मार्फत साना युवा उद्यमीहरूलाई ४ प्रतिशत ब्याजमा उनीहरूले ७ जनाले ७ लाख लिए ।
    कर्जा लिएपछि उनीहरूले त्यो रकमलाई सामूहिक रूपमा लगाउने र व्यवसायिक उत्पादन गर्ने सोँच बनाए । कृष्ण्राज पोखरेलको नेतृत्वमा गठन भयो ‘सबल च्याउ तथा कृषि उद्यमी समूह’ । ७ जनाले कर्जा बापत लिएको रकम ७ लाख बाट सुरुवात भएको यो समुहमा अहिले १४ जना युवाहरू आवद्ध छन् । कृष्णराज पोखरेल, ऋषव पोखरेल, जीवलाल न्यौपाने, शोभा पोखरेल, रेणुकर खनाल, विष्णुबल्भव न्यौपाने ।

    समूहले ७ लाख रूपैयाँबटा रूपन्देहीको देवहमा १० कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक च्याउ उत्पादन सुरु ग¥यो । ५ हजार च्याउको बल्भबाट सुरुवात भएको उनीहरूको सामूहिक कृषि कर्म पछि बिस्तार हँुदै एक सिजनमा ३ वटा ठाउँबाट समेत च्याउ उत्पादन सुरुवात गरेका थिए ।
    समूहका अध्यक्ष कृष्णराज पोखरेलका अनुसार कर्जा लिएको  3 बर्षमा नै उनीहरूले सबै कर्जा रकम चुक्ता गरेर 2 लाख ५० हजार रूपैयाँका दरले नाफा समेत कमाएका थिए ।
    रूपन्देहीको देवदह, पाल्पाको डुम्रे, अर्घाखाँचीको सितगंगा, बुटवलको वेलवास क्षेत्रमा समूहले व्यवसायिक रूपमा च्याउ खेती गर्दै आएको छ ।
    अघिल्लो बर्ष कोरोना करहका कारण अर्घाखाँचीको सितगंगा (सुपाखोला) नजिकैबाट भर्खरै मात्रै उत्पादन सुरु गरेका उनीहरूलाई लकडाउनको कारण च्याउ बजार पठाउन पाएनन् । दैनिक करिब डेढ क्वीन्टल भन्दाबढि च्याउ उत्पादन हँुदै आएको ७ हजार बल्भको च्याउ बजारी करण गर्न नसक्दा करिब २० लाख रूपैयाँ बराबरको घाटा व्यहोरेका तीतो अनुभव पनि छ ।
    ३ वटा जिल्लामा व्यवसायिक च्याउ उत्पादन गर्ने र उत्पादित च्याउको बजारीकरण गर्ने उद्देश्य लिएको समूहले २०७७ सालमा थप १० जना सञ्चालक थपेर सबल नेपाल एग्रो प्रालि स्थापना गरेको छ ।
    च्याउ उत्पादन मात्रै होईन, त्यसलाई विविधिकरण गरी च्याउको अन्य परिकार समेत बनाएर विक्रि गर्ने उद्देश्यका साथ बुटवलको बेलबासमा उनीहरूले प्रशोधन केन्द्र समेत स्थापना गरेका छन् । सबल समुहकै आफ्नै च्याउको ल्याब समेत छ । जसले च्याउको विउ उत्पादन गर्दै आएको छ । आफैले उत्पादन गरेको च्याउको विउ नै उनीहरूले लगाउँदै आएका छन् भने विउ समेत बिक्री गर्दै आएका छन् ।

    निकट भविषयमा च्याउको ‘सुप’ पाउडर बनाएर बिक्री गर्ने उद्देश्यका साथ सबल एग्रो प्रालिले प्रशोधन केन्द्र समेत स्थापना गरेको छ । जसमा प्रदेश सरकारले समेत २५ लाख अनुदान दिएको थियो । विना लगानी सुरुवात भएको सवलको हाल सम्म स्थीर सम्पत्ती करिव ८० लाख भन्दा बढि छ । अहिले उक्त स्थानबाट च्याउका अचार, च्याउको छोप, च्याउको सुकुटी सहितका विभिन्न परिकार उत्पादन हुँदै आएका छन् ।
    च्याउको सुप पाउडर बनाउनको लागि दक्ष प्राविधिक अभाव भएको कारण समस्या भएको सबल नेपाल एग्रो प्रालिका समेत अध्यक्ष रहेका सवल च्याउ तथा कृषि उद्यमी समूहका अध्यक्ष कृष्णराज पोखरेलको भनाई रहेको छ । यसको लागि विभिन्न निकायका प्राविधिको सेवा र सल्लाहका लागि माग गरेको भएपनि उपयुक्त व्यक्ति नभेटिएको कारण हाल च्याउको पाउडर बनाउन नसकीएको उनको भनाइ छ ।

    निकट भविष्यमा च्याउ उत्पादन बढि भएको समयमा वा अन्य स्थानबाट समेत च्याउ संकलन गरी पाउडर (धुलो प्याकेजिङ्ग) गरेर बजारीकरण गर्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।
    हाल सबल समूहले पाल्पा जिल्लाको जरेपिपलमा ९ हजार ब्लभमा च्याउ उत्पादन गरिरहेको छ । केही समयमा झुम्सा क्षेत्रमा पनि ५ हजार बढि बल्भ राख्ने गरी योजना बनाइएको छ । अहिले पाल्पाबाट दैनिक २ क्लिन्टल च्याउ विक्रि भैरहेको छ । समुह र प्रालि दुबैमा हाल १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रशोधन केन्द्र, च्याउ फार्म, ल्याव मा प्राविधिक सहित बजारीकरणमा समेत ६ जनाले स्थायी रोजगारी पाएका छन् ।
    उत्पादन भएको च्याउ सबलका सञ्चालकहरू आफैले बजारीकरण गर्दै आएका छन् । उनीहरूले विभिन्न हाटबजाररूपमा तथा अन्य स्थानमा च्याउको बजारीकरण गर्दै आएका हुन ।
    आफैले उत्पादन, प्रशोधन तथा बजारीकरण धेरै जसो सबलका सदस्यहरू नै सहभागी भएका छन् ।दुई बर्ष सम्म कोरोना कहरको कारण उत्पादन, बजारीकरण तथा प्रशोधनमा घाटा व्योरेको समुहले अव केही तङ्नी प्रयास गर्दै छ ।

    © 2022 krishipatra All right reserved