खाद्य सुरक्षामा सचेत हुन कृषि मन्त्रीको आग्रह

  • सहुलियत ऋण दिएर सरकारले बजारको सुनिश्चित गर्दिनु पर्ने किसानहरुको माग
  • बुटवल, असार 
    कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री शुमन शर्मा रायमाझीले सरकार सधै किसानको पक्षमा रहेको बताएकी छिन् । किसानहरुलाई परेका समस्या सरकार सामु निर्धक्क भएर राख्न अनुरोध गरेकी छिन् । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा आज बुटवल आयोजना गरिएको सरोकारवाला संंजालसंग दुध,माछा, मासु तथा उत्पादन तथगा बजारी करण सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले तिनै तहका सरकारसंग समन्वय गरि लुम्बिनी प्रदेशलाई कृषिमा नमुना बनाउन आवश्यक रहेको बताईन ।

    बोल्दै कृषि,खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले कृषिमा परिवर्तन ल्याउने गरी प्रदेश सरकारले योजना बनाउने बताईन । कृषिजन्य वस्तु उत्पादनका लागि प्रदेश सरकारले किसानहरुलाई प्रोत्सान गरी बजारको व्यवस्था मिलाउने प्रतिवद्वता जनाईन ।
    जिल्ला दुग्ध उत्पादक संघ रुपन्देही अध्यक्ष लोकनाथ पाण्डेले उत्पादन, संकलन भण्डारण, प्रशोधन र बजारी करणमा सरकारले जिम्मेवारी लिनुपर्ने बताए ।
    केन्द्रिय दुग्ध सहकारी संघका सदस्य हरि काफ्लेले खाद्य ऐन २०७४ कार्यान्वयनमा ल्याउन सरकारसंग माग गरे ।

    उत्पादन लागत महङो र बिक्री दर सस्तो हुंदा व्यवसायिक रुपमा लागेका किसनाहरु विस्थापित हुने अवस्था आएको किसानहरुको गुनासो छ ।दुध, माछा मासुमा देशलाई आत्मनिर्भर बनाउन किसानहरुलाई भूमि र सहुलियत ऋण दिएर सरकारले बजारको सुनिश्चित गर्दिनु पर्ने किसानहरुको माग छ ।

    खुल्ला सीमानाका कारण खुल्ला बजार मौलाएकाले पेशागत रुपमा व्यवसाय चलाएका व्यवसायी समस्या परेका छन् ।खुल्ला बजारका कारण भारतबाट आयत भएको गुणस्तरहिन सस्तो कृषजन्य वस्तु नेपाली बजारमा बढी विक्री हुंदा नेपाली किसान समस्यामा परेका छन् । नेपालमा उत्पादन उत्पादित कृषिजन्य वस्तुले मुल्य नपाउंदा नेपाली किसनाहरु मारमा परेका छन् ।भारतमा उत्पादित सस्तोमा पाइने गुणस्तरहिन कृषिजन्य वस्तु खांदा स्वास्थ्यका हिसावले नेपाली उपभोक्ता मारमा परेको नवलपरासीका कृषक युवराज ढकालले बताए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय भैरहवाका प्रमुख विमल कुमार दाहाल, मन्त्रालयका पशुपंक्षि विकास महाशाखा प्रमुख तुलसीराम भण्डारी, मन्त्रालयका पशु चिकित्सक डा युवराज पन्थ , पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा . रवेज आलम मन्त्रालयका पशुबिज्ञ अधिकृत लगाष्यतले कार्यपत्र प्रस्तुत गरेका थिए । सचिव याम नारायण देवकोटाले किसानहरुका समस्या सुनुवाई हुने आश्वाशन दिएकाथिए ।

    © 2022 krishipatra All right reserved