जिल्ला दुग्ध व्यवसायी संघ बाँकेद्धारा प्रदेशका अर्थमन्त्रीलाई ज्ञापन

बुटवल, असार । जिल्ला दुग्ध व्यवसायी संघ नेपालगञ्ज बाँकले लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । बाँकेबाट बुटवलमा आएर अर्थमन्त्री कृष्णध्वज खड्कालाई ज्ञापन पत्र बुझाएका हुन । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयबाट आर्थिक बर्ष ७७÷७८ मा स्वीकृत अनुदान अनुसार प्रतिलिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउदै आएकोमा उत्पादन ५ प्रतिशत हुँदा बृद्धि भएको अनुदान रकम उपलब्ध गराउने भएकोमा हाल २० प्रतिशत भन्दा कम उत्पादन वृद्धि नगरेका किसानलाई अनुदान उपलब्ध नराउने गरी गरिएको निर्णय सच्चाउन माग सहित ज्ञापन पत्र बुझाएको अध्यक्ष दिपक राज भण्डारीले बताएका छन् ।
उनका अनुसार कोभिडको कारण किसानले उत्पादन बृद्धि गर्न नसकेको अवस्थमा सरकारले जबरजस्त २० प्रतिशत उत्पादन वृद्धि गरेकोलाई मात्रै अनुदान दिने गरी गरिएको कार्यविधि संसोधनको विरोध समेत गरिएको जनाकारी दिए । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयलाई समेत बोद्धार्थ ज्ञापन दिएइएको छ ।

© 2023 krishipatra All right reserved