बुटवल, असार सञ्चारिका समुह लुम्बिनी प्रदेको संमन्वय र प्रदेशको कृषिखाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयको आयोजना कृषि कार्यक्रम र प्रभावकारीताबारे बारेमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरिएको छ ।
सञ्चारिक समुहको संमन्वयमा कपिलवस्तु, नवलपरासीमा कार्यक्रम भैसके पश्चात रुपन्देहीमा पनि कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश मन्त्रालयका सचिव याम नारायण देवकोटाले कृषि अझै पनि कमजोर रहेको स्विकारे गरे । प्रदेश स्थापना भएको करीब ५ वर्ष पूरा भएको छ । जसको कृषि मन्त्रालयबाट किसानको पक्षमा के कस्ता विषयमा मन्त्रालयबाट सहयोग गर्न सक्छ भन्ने विषयमा आवश्यक सहयोग र सुझाव दिने काम हुने छ ।
कार्यक्रममा कृषि तथा प्रविधि तथा भुमि सुधार कार्यक्रम लुम्बिनी प्रदेशका सचिव प्रमुख याम नारायण देवकोटाले किसानहरु को माग सबैधभन्दा बढीमाग सिचाई र यान्त्रिकिरण हुने गरेको बताए। सरकारले किसानको माग अनुसार नै यसलाई सम्बोधन गरिरहेको बताए । यसैगरि सुचना प्रविधिको अधिकतम प्रयोग गरेर किसानको समस्या सम्बोधन गर्न गरि आधारभुत पुर्वाधार निर्माण गरिएको उनले दाबी गरे । कृषिको ब्यवसायिकरण गर्नेको अभियानलाई जोड दिएर कानुनि र प्राविधिक रुपमा सहयोग गर्न सफल भएको उनले बताए। रुकुमलाई अर्गानिक क्षेत्र घोषणा भएको र अन्य स्थानमा माटो सुधारको काम जारी रहेको उनले बताए।
लुम्बिनी प्रदेशमा १८.२ प्रतिशत गरिबिको रेखामुनि छन। प्रदेशमा धानगहु र मकै उत्पादनमा राम्रो छ। मकैलाई औधोगिक बालिको रुपमा उद्योगसंग जोडेर लैजानुपर्ने देखिन्छ। खाद्यान्न बालि उत्पादनमा कमी रहेको छ। बीउ प्रतिस्थापन दर राम्रो छ । हाट बजार २३९ वटा स्थापना भएको छ। कृषिको ब्यवसायिकरणको अभियानलाई जोड दिएको छ। ३१ वटा कार्यालयमार्फत काम गर्दै आएको छ। बजेटको खर्चको हिसाबले घट्दो दरमा रहेको छ। प्रगतिको अवस्था हेर्दा नया कार्यालय, ८ वटा स्मार्ट गाउँ, ुिचाई सुविधा बढाउने, संकलन केन्द्र बढाउने, सुलभ कर्जा र कृषि कार्यक्रम, खोप अभियानहरुलाई जोड दिदै आएको उनले बताए। प्राविधिक सेवालाई थप ब्यवस्थित गराउने गरि काम अघि बढेको उनले बताए ।
कार्यक्रममा मन्त्रालयको कृषि विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमले मन्त्रालयले गरेको कार्यबारेमा प्रकाश पारेका थिए । यस्तै पशुपंक्षि महाशाखा प्रमुख तुलसीराम भण्डारी, कृषि व्यवसाय प्रर्वद्धन महाशाखा प्रमुख अमरराज शर्मा घिमिरे, स्मार्ट कृषि गाउँ कार्यान्वयन एकाई प्रमुख घनश्याम चौधरी, सञ्चारिक समुह लुम्बिनी प्रदेश अध्यक्ष अमृता पाण्डे(ज्ञवाली) लगायतले आ आफ्नो भनाई रहेका थिए ।