लुम्बिनी सिड कम्पनीले पायो हाइब्रिड बीउ र जातिय विकासको अनुमति

बुटवल,  असार  काठमाडौ उपत्यका वाहिर पहिलो पटक नीजी विउ उत्पादक कम्पनीले वर्णशंकर (हाइब्रिड) बीउ उन्मोचन (विकास) र जातिय विकासको अनुमती प्राप्त गरेको छ । भैरहवामा रहेको लुम्बिनी सिड कम्पनी प्रालिले नेपाल सरकार मन्त्री परिषद्बाट स्वीकृत प्राप्त गरी वर्णशंकर (हाइब्रिड) बीउ उन्मोचन (विकास) र जातिय विकास को काम सुरुवात गरेको सञ्चालक शुभाष उपाध्यायले जानकारी दिए । कृषि प्राविधिक(विज्ञ) समेतरहेका उनले कम्पनीबाट विगत लामो समय देखि विउ उत्पादनको काम गर्दै आएको थियो । गहुँ, मसुरो धान, मकैको विउ उत्पादनको काम गर्दै आएको छ । जसमा धानमा १० वटा जात, गहुँमा १४ वटा, मकैमा १० वटा, मसुरोमा ४ वटा जातमा काम गर्दै आएको सञ्चालक शुभाष उपाध्यायले जानकारी दिए ।
मुल विउ उत्पादन, जातिय विकास सम्बन्र्धन, हाईब्रीड सिड उत्पादनको लागि नयाँथप अनुपमती प्राप्त भई सोही अनुसारको काम अगाडी बढेको उनको भनाई छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट केही समय पहिला देशका लागि ३ वटा नीजि कम्पनीले अनुमति दिएको थियो । जसमा रूपन्देहीस्थित लुम्बिनी सिड कम्पनी प्रालि, काठमाडौंका गोर्खा सिड कम्पनी प्रालि र सियान सिड सर्भिस सेन्टरले बीउको विकास र जातिय बिकास गर्न पाउने बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । तीन स्वदेशी कम्पनीलाई वर्णशंकर जात परीक्षण र विकास गर्ने मान्यता पाएका हुन । । मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब राजपत्रमा समेत सूचना प्रकाशन भएको छ । अव ति कम्पनीले वर्णशंकर बीउ उन्मोचन र जातिय विकास गर्ने छन् ।
सरकारले हाइब्रिड बीउ उन्मोचनका लागि पहिलो पटक निजी क्षेत्रलाई अनमुति दिएको हो । यो भन्दा पहिला कम्पनीहरूले एप्लाई गरे पनि मापदण्ड पुगेको थिएन । यस अघि बीउको नयाँ जात र तिनका स्रोत बीउ (प्रजनन बीउ) उत्पादन मुख्यतः नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गर्दै आएको थियो। बीउबिजन ऐन २०४५ र बीउबिजन उत्पादन तथा व्यवस्थापन निर्देशिका २०७३ ले पनि निजी क्षेत्रलाई अनुमति दिन सक्ने भनेको छ ।
हाल नेपालमा हाइब्रिड० बीउ उन्मोचन (विकास) र जातिय विकासको अवस्था दयनिय छ । हालसम्म नेपालमै विकास भएका वर्णशंकर जात अत्यन्त कम छन । तीमध्ये धानका दुई, मकैका सात तथा तरकारीका तीन मात्र छन । अहिले १६ वटा विभिन्न बालीका ७२३ वटा जात उन्मोचन तथा दर्ता भएको छ । यसमध्ये नेपालमै विकास भएका तथा स्थानीय जात ३३९ वटा छन । विदेशबाट आयातित जातको संख्या ३७८ छ । २० देखि २५ प्रतिशत उत्पादन वृद्धि गुणस्तरयुक्त बीउका कारण हुन्छ । हाल नेपालमा करिब २२ प्रतिशत बीउ औपचारिक क्षेत्रबाट आपूर्ति भइरहेको छ । यता २०२५ सम्ममा निजी क्षेत्रबाट तरकारीका १०, मकैका ५ र धानका ५ गरी २० वटा वर्णशंकर जात निजी क्षेत्रले विकास गर्ने लक्ष्य छ ।

 

© 2025 krishipatra All right reserved