बुटवल, असार – कृषि विकास बैक लुम्बिनी प्रदेश कार्यालय भैरहवाले पहिलो पटक माछा सम्बन्धिका सम्पूर्ण सरोकारवाला निकायलाइ एकै फोरममा राखेर मतस्य आपुर्ति श्रृखंला कार्यक्रम गरेका छ ।
कृषि विकास बैक, मुख्य कार्यलयका उपमहाप्रवन्धक श्रीमन बाबुकाजी थापा को अध्यक्षतामा भएको कार्यक्रममा प कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयको सचिव यम नारायण देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सचिव देवकोटाले कृषि सचिवले मन्तव्यका क्रममा कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मस्त्रालय सधैव कृषकको पक्षमा रहेको र आवश्यक परेको खण्डमा माछा सम्बन्धि सरोकारवाला सबैलाइ बोलाइ फेरि पनि छलफल गर्न सकिने बताए ।
कार्यक्रममा कृषि विकास बैक प्रदेश कार्यलयका निर्देशक एवंं प्रमूख राजेश कुमार श्रीवास्तवले कार्यक्रमको उदेश्यको बारेमा प्रष्ट पार्दै सम्पूणर् सहभागिलाइ स्वागत गरेका थिए । कार्यक्रमको मूख्य उदेश्यको रुपमा वहाले हाल मत्स्य क्षेत्रको अवस्था, विभिन्न माछा संग सम्बन्धित निकायका समस्या तथा के कसरी गहन छलफलद्वारा समाधान निकाली आउने दिनमा एक मजबुत संजालको रुपमा प्रस्तुत गराउदै मत्स्य व्यवसायलाइ अझ आयमुलक, प्रतिश्पर्धि र व्यवसायिक बनाउन सो कार्यक्रम गरेको भन्दै कार्यक्रमको उदेश्यलाइ प्रष्ट पारे । कृषि विकास बैंकले ४० प्रतिशत भन्दा बढि लगानी कृषि क्षेत्रमा गरेको जानकारी दिए ।
उतm कार्यक्रममा कृषिको सामावेशी रुपान्तरण का लागि मुल्य सृंखला परियोजनाका परियाजना निर्देशक एवं विभागिय प्रमूख बिना शर्माले नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष आईफाड बीच वि.स. २०७८ असोजमा भएको सम्झौता बमोजिम छ ।
बर्षको लागि संचालन हुने कृषिको समावेशी रुपान्तरणका लागि मुल्यश्रृंखला परियोजना बाट आगामी ६ बर्ष भित्र लगानी गर्ने गरी करीब ८० मिलियन अमेरीकी डलर सहुलियत वित्तीय ऋण सहयोग उपलब्ध हुने कुरा बताए ।
यस भिटा कार्यक्रम लुम्बिनी, बागमती र मधेश प्रदेशका २८ जिल्लाहरुमा १२ वटा बाली तथा पशु वस्तुको मूल्य श्रृंखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको विषय उनले औल्याईन ।
यसै क्रममा प्रधानमन्त्रिकृृिष आधुनिकिकरण परियोजना माछा सुपनजोन रुपन्देहीका कार्यालय प्रमूख नारायण काफ्लेले यस परयोजनाको उदेश्य, कार्यक्षेत्र, अहिले सम्मको उपलब्धि को बारेमा जानकारी दिदै सहकारी मार्फत कार्य गरेमा उपलब्धिमुलक हुँने, कृषकले पोखरीको गुणस्तर बढाउन जरुरी रहेको आदि सुझाव व्यतm गरे । त्यस्तै परासमर्सदाता एवं कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मस्त्रालयका पुर्व सचिव राजेन्द्र भारीले मत्स्य व्यवसायमा देखिएका समस्या, चुनौति, अवसरको बारे मा प्रस्तुतिकरण दिएका थिए ।
प्रस्तुतिकरण सकिए लगतै जलदेवि मत्स्य हेचरीका अध्यक्ष गणेश शाहीले फ्रोजन माछा बनाउने आफ्नो अनुभव बताएका छन ्। उनले ् फ्रोजन माछा कटिङ गर्ने कोठा १८ डिग्रि सेल्सियस चिसो हुनुपर्ने र ग्राहकले कार्प माछाको स्वाद मिठो भए पनि पंघास माछा जस्तो काडा रहित माछालाइ रुचाउने गरेको बताए ।
फ्रोजन माछा करिब ५०० देखि ६०० प्रति के.जि को दरले बिक्ने भन्दै उनले त्यस्तै गरी माछा गाउँ बारा का जिउदो माछाका व्यापारी भन्छन ब्रान्डीङ्गमा बढि ध्यान दिनु पर्ने, जिउदो माछा ढुवानीमा धेरै समस्या भएकोले त्यसलाइ विस्थापित गर्दै ँचयशभल माछाको बजारिकरणलाइ बढाउन जरुरी देखिएको, मत्स्य ऐन बनाउन जरुरी देखिएको आदी भनाइ राख्दछन ।
त्यस्तै गरी सिद्धार्थ इन्सुरेन्सका गौतम सापकोटाले रुपन्देही जिल्लामा माछा सम्बन्धि इन्सुरेन्सको समस्या रहे उनको संस्थाले मदत गर्ने छन भनि बाएका छन । समापन सत्रमा सहभागिको तर्फबाट कपिल न्यौपाने यस बैंकले आयोजना गरेको कार्यक्र निकै लाभदायक रहेको र विभिन्न संस्थाले गर्ने कार्यहरुको बारेमा जान्ने मौका पाइएको यस बैकलाइ धन्यवाद दिए ।
त्यसै गरी अन्तिममा समापनका क्रममा यसै संस्थाका उपमहाप्रबन्धक बाबुकाजी थापाले कार्यक्रम गरे पछि आउदा दिनमा प्रतिफल देखाउन सकियो भने बल्ल यस्ता कार्यक्रको सार्थकता रहने बताए ।
कार्यक्रमको संचालन यसै कृषि विकास बैक, लुम्बिनी प्रदेश कार्यालयकि वरिष्ठ शाखा प्रमुख सिमा वन ले गरेकी थिईन ।