बुद्धभुमिमा निःशुल्क पशु स्वास्थ्य शिबिर

बुटवल पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना तथा नेपाल भेटेनगरी एसोसियसन लुम्बिनी प्रदेश को सहकार्यमा कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालीका–१ पथ्थरकोट मा १ दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
बुद्धभुमि नगरपालीका नगर प्रमुख केशव कुमार श्रेष्ठ, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय निर्देशक डा. परवेज आलम, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका प्रमुख डा. उत्तम आर्चाय, बुद्धभुमि नगरपालीका वाड १ अध्यक्ष तेज बहादुर बस्नेत, बुद्धभुमी नगरपालका पशुपंक्षि विकास शाखा प्रमुख पशु विकास अधिकृत लक्ष्मणलाल श्रीवास्तव लगायतको सहभागीतामा शिविर गरिएको हो । शिविरमा निःशुल्क औषधी वितरण गरिनुको साथै पशुस्वाथ्य परामर्स समेत प्रदान गरिएको थियो । शिविरमा निर्देशनालयका अधिकृत, दिनानाथ न्यौपाने, ऐश्वरा आचार्य, केशरी शर्मा, प्राविधिक पार्वता पौडेल लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका पशु चिकित्सक सहित प्राविधिकहरुको सहभागीता रहेको जनाइएको छ । शिविरमा भिटामिन, जुकाको औषधी सहित विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको थियो । निर्देशनालयको आयोजानमा यो भन्दा पहिला नवलपरासी जिल्लाको शुस्ता गाउँपालिकाका समेत शिविर आयोजना गरेको थियो । दोस्रो पटक बुद्ध भुमि नगरपालिकामा शिविर आयोजना गरिएको हो । शिविरमा छिमेकी जिल्ला अर्घाखाँचीको सितगंगा नगरपालिका क्षेत्रबाट समेत पशु तथा पंक्षि पालक किसानहरुको सहभागीता रहेको थियो ।

 

 

© 2022 krishipatra All right reserved