
बुटवल ।
बुटवल उपमहानगरपालिकाले कृषि उपज थोक बजारको अनुगमन गरेको छ । वडा नं. ६ मा रहेको थोक बजारमा अनुगमन गरेर फलफुलको नमुना परिक्षण समेत गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा , उपमहानगरपालिका कर्मचारी , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र नगर प्रहरीको टोलीले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा बजारमा विक्रिमा रहेको आपँ र मौसमको नमुना संकलन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको ल्याबमा परीक्षण गरिएको छ । संकलन गरीएको नमुनालाई पिविआर विधिबाट परीक्षण गरीएको र खान योग्य रहेको उपमहानगरपालिकाले जनाएको छ । परीक्षण गरीएको फलफुलमा कार्बाेमेट र अर्गानोफस्फटको मात्रा १८ देखि ३१ प्रतिशतसम्म रहेको पाईएको छ । ३५ प्रतिशत भन्दा कम भएको उपभोग गर्न योग्य मानिने कार्यालयले जनाएको छ ।
उपप्रमुख अर्यालले उपभोक्तालाई स्वच्छ फलफुल , तरकारी तथा खाद्यान्न उपभोग गर्ने अधिकारको सुनिश्चित गर्नको लागि बजारको अनुगमन गरीएको बताईन । उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नहोस र स्वच्छ खानेकुरा उपभोग गर्न पाउनको लागि उपमहानगरपालिकाले अनुगमनलाई जोड दिने उनको भनाई छ । ब्यवसायलाई सचेत गराउँदै उपभोक्तालाई स्वस्थ्य खाद्यान्न उपभोग गराउनको लागि अनुगमनलाई निरन्तरता दिने अर्यालले बताईन । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ताको हित संरक्षणको लागि अनुगमनलाई स्थानीय सरकारले निरन्तरता दिनु पर्ने बताए ।
स्थानीय सरकार सञ्चालन ऐनमा बजार अनुगमनको ब्यवस्था गरिएको छ । उपमहानगरपालिकाले बजार अनुगमन निर्देशिकामा उपप्रमुखको संयोजक रहने गरी बजार अनुगमन गर्दै आएको छ । माछा, मासु, फलफूल, तरकारी, मिठाई पसल, डेरी , बधशाला वा माछा मासु विक्री स्थल सफासुग्घर र मापदण्ड अनुसार भएनभएको अनुगमन गरी चेतावनी दिने तथा अटेरी गरेमा बन्द गरी कनूनी कारवाही प्रव्रिmया बढाउने, तोकिए बमोजिम दण्ड जरिवाना गर्ने ब्यवस्था निर्देशिकामा उल्लेख छ ।