बंगुर व्यवसाय पलायन हुनबाट जोगाउन जरुरी

बुटवल लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा व्यवसायीक बंगुर पालन गर्दै आएका किसानहरुले व्यवसाय नै पलायन हुने अवस्था आएको भन्दै सरकार संग पलायन हुने वातावारण अन्त्यको माग गरेका छन् । लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्राललयको आयोजनामा बुटवलमा आयोजित ‘पशुंक्षि सञ्जालहरु संगको प्रादेशिक अन्तरक्रिया गोष्ठी’ कार्यक्रममा बोल्दै व्यवसायी किसानहले पछिल्लो समयमा बंगुरको उत्पादन भएपनि विक्रिको वातावरण नभएको भन्दै यसमा सरकारी निकायबाट विशेष पहल गर्नुपर्ने जोड दिए ।
बंगुर व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष टिल बहादुर सुर्यबंशीले हाल किसानको उत्पादन भए पनि उचित बजार नपाएको बताए । बंगुरको बजारीकरणका लागि संघीय सरकार, स्थानीय सरकार र प्रदेश सरकारबाट कुनै पनि ठोस पहल हुन नसकेको बताए ।
उनले किसानको उत्पादन बजारीकरणका लागि सबैले पहल गर्नुपर्ने, विभिन्न स्थानमा आधुनिक मार्ट स्थापनाको लागि सरकारले अनुदान सहित सहयोग गर्नुपर्ने, कृषि अनुदानमा पक्षपात गर्न नहुने बताएका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले आफुले सक्दो पहल गर्ने बताईन ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव तुलसीराम भण्डारीले नपालमा बंगुर पालनको अवस्था तथा लुम्बिनी प्रदेशमा बंगुर पालन स्थिती तथा बजारीकरणको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै अफ्रिकन स्वाईन फिवर रोगको कारण तथा रोगबाट बच्ने उपायहरुको विषयमा विज्ञ डा. प्रदिप शर्मा पौडेलले र पशुपालन तथा व्यवस्थापनमा जैविक सुरक्षाको महत्वको र नितिगत अवधारणाको विषयमा पशु विकास अधिकृत हुमकान्त पाण्डेयले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्त्रालयको महाशाखा प्रमुख अमरराज शर्मा, अनिल मरासीनी, केशव अर्याल, अधिकृत सुमन खनाल, पशुपंक्षि तथा मत्सय विकास निर्देशनालयका अधिकृत विष्णु प्रसाद खनाल लगायतको सहभागीता रहेको थियो ।

© 2025 krishipatra All right reserved