
बुटवल, जेठ ।
कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा प्रादेशिक विउ विजन बासलात सफ्टवेयर सञ्चालन सम्बन्धी अभिमुखिकरण गोष्ठी गरिएको छ । गोष्ठीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले वाली विकास तथा शुद्धीकरणको लागि सफ्ट्वेयर कोशेढुङ्गा सावित हुने बताए । कार्यक्रममा कृषि विकास निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत देवेश कुमार मिश्रा, विउ विजन प्रयोगशाला भैरहवा प्रमुख राम गोविन्द्र आर्या, कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयबा बाली विकास अधिकृत शालीकराम गौतम राष्ट्रिय गहुवाली अनुसन्धान कार्यक्रम भैरहवा बैज्ञानिक दिपक पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
प्रदेशका विभिन्न पालिकामा कार्यरत कृषि प्राविधिक, विउ विजन कार्य गर्ने समुह, सहकारी, नीजी कम्पनी लगायत सरोकारवालाहरुको सहभागीता रहेको छ । गोष्ठीमा प्रादेशिक विउ वासलात व्यवस्थापन सफ्ट्वेयर को परिचय, आपुर्तीका लागि डाटा ईन्ट्री तथा विउ परिक्षण रिर्पोट लगायतको विषयमा विउ विजन प्रयोगशाला भैरहवाका दिन बन्दु पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै ड्रिम वर्क शोलुसन चितवनका प्राविधिक शोनीया बस्यालले सहजीकरण गरेको कृषि विकास निर्देशनालय बुटवलका अधिकृत दयाराम बस्यालले जानकारी दिए ।