
बुटवल, जेठ । “दिर्घ जिवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन“ भन्ने नाराका साथ रुपन्देही डेरी व्यवसायी समिति द्धारा निःशुल्क लस्सी वितरण गरिएको छ ।
बुटवल राजमार्ग चौराहमा १२ आंै विश्व दुध दिवसको अवसरमा ३ सय ५० किलो दहीको लस्सी बनाएर निःशुल्क वितरण गरिएको रुपन्देही डेरी व्यसायी समितिका अध्यक्ष गणेशसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार ‘स्वच्छ द ुध तथा दुग्ध पदार्थ सेवन गरौं, दीघायू र निरोगी जीवन विताऔं’ भन्ने नारा सहित निःशुल्क लस्सी वितरण गरिएको हो । रुपन्देही डेरी व्यवसायी समितिले विभिन्न दिवसको अवसरमा रक्तदान, निःशुल्क दुध पान, निःशुल्क लस्सी वितरण लगायतका कार्य गर्दै आएको छ ।
कार्यक्रममा रुपन्देही डेरी व्यवसायी समितिका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपाने, सल्लाहकार कृष्ण प्रसाद भट्राई लगायतले दुधको महत्वको विषयमा प्रकाश पारेका थिए ।