
बुटवल, बैशाख ।
सुन्तलाजात फलफुल उत्पादक किसानहरुले कृक्षि क्षेत्रमा विचौलियाको बोलबाला भएको भन्दै रोक्न माग गरेका छन् । उनीहरुले किसानको उत्पादनको मुल्य किसानले नै निर्धारण गरी बजारीकण गर्न पाउनुपर्ने भन्दै यसमा सरकारी निकायबाट नै ध्यान दिनुपर्ने बताएका हुन ।
लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगत रहेको कृषि विकास निर्देशनालयको आयोजनामा बुटवलमा भएको ‘बाली विशेष सुन्तलजात फलफुल उत्पादक सञ्जाल संगको अन्तरक्रिया कार्यक्रम’ किसानहरुले विचौलिया नियन्त्रण गर्न आग्रह गरेका हुन ।
कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले विचौलिया नियन्त्रणको लागि सरकारी निकायबयाट सक्दो पहल गर्ने बताउनुभयो उहाँले किसानको उत्पादन बजारीकणको लागि सरकारले संकलन केन्द्र देखि चिस्यान केन्द्र समेत निर्माण गरेको बताउँदै किसानको उत्पादनलाई बजारीकरण किसान आफैले गर्नुपर्ने बताउनुभयो ।
प्रदेशका विभिन्न जिल्लाका किसानहरुको सहभागीता रहेको कार्यक्रममा सुन्ता, कागती, अमिलो, भोगटेको व्यवसायी खेती गर्दै आएका किसान तथा फलफुल नर्सरी स्थापना गरेका किसानले सरकारी निकायबाट सक्दो प्राविधिक सेवा प्रदान गर्नुपर्ने माग गरेका थिए ।
कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत राम प्रसाद पाण्डे, बरिष्ठ बाली संरक्षण अधिकृत देवेश कुमार मिश्रा, कृषि प्रसार अधिकृत आशा भण्डारी, बागवानी विकास अधिकृत सुनौना बराली, बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि अधिकृत दयाराम बस्याल, सन्तोष चौधरी लगायतले सहजीकरण गर्नुभएको थियो ।