प्रदेश सरकारका ‘भ्यागुता नहुर्कीदै उफ्रीए’

बुटवल, बैशाख ।
रोल्पाको सुनछरी गाउँपालिका वडा नम्बर–३ ग्रामका एक जना किसानले युट्युवमा ‘पाहा पालन गरेको’ भिडियो हेरे ।
भ्यागुताको व्यवसायीक पालन गर्ने गरी उनले प्रदेश सरकार समक्षम माग गरे । सोही अनुसार प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि मत्स्य विकास निर्देशनालयबाट बजेट समेत विनियोजन भयो ।
५ लाखमा स्थानिय ग्रामगाउँपालिकामा २ वटा सिमेन्टेड पोखरी निर्माण गरेर ५–६ सय भ्यागुता पालन पनि भयो । रोचक कुरा त के छ भने पहिलो सिजनमा राखीएका सबै भ्यागुता मरे, हाल यसको कुनै विउ पनि छैन ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पा मार्फत सञ्चालन गरिएको ‘व्यवसायिक पाहा पालन’ मा ५ लाख रुपैयाँ सकिएको मात्रै छैन अध्ययन अनुसन्धन विना नै गरिएको यो योजनाबाट सरकारको मात्रै होईन स्थानिय किसानको समय र पैसा पनि सकिएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका सूचना अधिकृत गिर बहादुर घर्ती मगरका अनुसार प्रदेशबाट सर्सत अनुदानको रुपमा आएको यो कार्यक्रम सुरुमा देख्दा कार्यालय नै दंग थियो । कल्पना नै नगरिएको पुर्व संभाव्यता अध्यायन विना नै गरिएको यो कार्यक्रम सुरुवात गर्ने वा नगर्ने दोधार हुँदा हुदै पनि सम्झौता गरी सुरुवात गरिएको कार्यालयको दावि छ ।
सूचना अधिकृत घर्ती मगर भन्छन्–‘स्थानिय जातको पाहा लिएर ५, ६ सय राखे पनि सबै म¥यो , अव र्को सिजन साउनमा हाल्ने की नहाल्ने भन्नेमा कुरा भैरहेको छ । ’
फेसबुक, युट्युवमा हेरिएको कथा लाई आधार मानेर माग बमोजिमको पाहा पालन कार्यक्रम सुरुवात गरिएको भएपनि वातावरण अनुकुलनता, भौगोलीक वनावटको अध्ययन विना नै सुरुवात गरिएकोले ‘असफल भएको’ कार्यालयको स्वीकारयुक्ती छ ।
स्थानिय छुनछहरी गाउँपालिका पशु शाखा प्रमुख पशु चिकित्सक सुन बहादुर पुनका अनुसार प्रदेश सरकारले अध्यायन अनुसन्धान विना नै ल्याएको कारण असफल भएको हो । उनले अध्यायनविना गरिएको आएको कारण असफल भएको तर्क गर्दछन् ।
‘खै किन, कसरी ल्याईएको हो, हामीले थाहा पाएनौं, कहाँ अहिले केही छैनन, सबै मरे रे ’ उनले भने ।
गाउँपालिकाले पनि परिकल्पना नै नगरेको योजना बाट सफल हुन नसकेको मा गाउँपालिका असन्तुष्टी भएको उनको भनाई थियो । गाउँ पालिकाले गाउँको आवश्यकता, जनताको अपेक्षा अनुसारको कार्यक्रम ल्याउनको लागि उनले आग्रह समेत गरे ।

रोल्पाका विभिन्न खोल्सा, खोलामा प्रकृतिक रुपमा पाहॉभ्यागुता’ पाईन्छ । प्राकृतिक रुपमा हुकीएका पाहालाई कृतिम सिमेन्टेड पोखरीमा पालिएको कारण पनि मरेको हुन सक्ने प्राविधिकको भनाई रहेको छ । सुनछहरी गाउँपालिकाका प्राविधिक कर्ताराम थारुका अनुसार प्राविधिक अध्यायन विना कुनै पनि काम सुरुवात गर्न नहुने बताउँछन् । उनले नयाँ विषय भएको कारण त्यसको गहिरो गरी अध्यायन अनुसन्धान गरेर मात्रै लाग्नुपर्ने उनको सुझाव छ ।
कृषि मन्त्रालयका एक कर्मचारीका अनुसार हालका मुख्यमन्त्री समेत रहेका तत्कालिन कानून मन्त्री कुल प्रसाद केसीको दबाबमा पाहा पालन कार्यक्रम राखिएको थियो । ति कर्मचारी भन्छन्–‘पहिला त्यो कार्यक्रम नराखेमा अन्य कार्यक्रम पनि स्वीकृत नगर्ने अड्डी उहाँले(तिमन्त्री) कसेपछि राखिएको कार्यक्रम हो, अहिले असफल भयो । ’

के हो पाहा ?
पाहा पहाडी भेगमा पाइने भ्यागुता प्रजातिकै वंशज हो । सामान्य भ्यागुताभन्दा शरीर अलि छोटो तथा खुट्टा अलि लामो हुने पाहा परम्परागत रूपमा उच्च रक्त श्राव तथा पेटसम्बन्धी रोग लाग्दा औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ । गाउँ घरतिर विशेषगरी सुत्केरी महिलालाई छिटो स्वस्थ बनाउन पाहाको मासु खुवाउने गरिन्छ । साथै बाथ रोगका बिरामीले पनि पाहाको मासु प्रयोग गर्ने गरेको पाइएको छ। मानवीय जीवनका लागि अत्यन्तै उपयोगी र औषधीय गुणले भरिपूर्ण तथा वातावरण अनुकुलता मिलाए पालन गर्न सकिन्छ ।
स्थानीय खोला खोल्सीमा पाइने पाहालाई पोखरीमा व्यवस्थित ढंगले पाल्न सकेमा मासुको रुपमा विक्रि गरी आम्दानी समेत गर्न सकिन्छ ।कालो तथा फुस्रो रङका दुई प्रकारका पाहा हुन्छन् ।

#butwaltoday

© 2022 krishipatra All right reserved