
बुटवल, बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मडाह का गौतम प्रसाद चौधरी(थारु) स्थानिय विद्यालयमा पढाउथे । नमर्देश्वर आधारभुत विद्यालयका शिक्षक उनले विद्यार्थीलाई शैद्धान्तिक ज्ञान धेरै दिए ।
विद्यालय मर्ज भएपछि उनी नरमदेश्वर बाट सेमरी माविमा समेत अध्यपन गरे । प्राथमिक तहका अस्थायी दरबन्दीका शिक्षक थारु ले शैद्धिन्तक ज्ञान मात्रै बाढ्ने होईन, अव व्यवहारिक रुपमा नै विद्यार्थीलाई मात्रै होईन अरुलाई समेत ‘पाठशाला निर्माण गर्ने’ उदेश्यले पशुपालन क्षेत्रमा होमिए ।
शिक्षक पेशा बाट राजिनामा दिएर ‘गोल्डेन ह्यानचेक’ लिएका उनले सोही पैसालाई पशु फार्मममा लगाए । पुर्खौ देखिको आफे जग्गामा उनले आधुनिक प्रकृतिको पशुपालन फार्म स्थापना गरे । ‘थारु भैसी फार्म’ स्थापना गरेका गौतमले १४ बर्ष सम्मको अध्यापन पेशा छाडेर पशुपालन पेशामा होमीएका हुन ।
‘साधारण किसान भएर काम गर्न मन लाग्यो ।’निकट भविश्यमा एउटा नमुना रिसर्च सेन्टर समेत बनाउने योजना समेत उनको रहेको छ । वि.स. २०७३ सालमा उनले स्थापना गरेको फार्म अहिले आधुनिकीकरण गर्दै लगेका छन् । श्रमीती कुन्ती कुमारी चौधरीको साथमा स्थापना भएको फार्म २ विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको छ । २ कठ्ठा क्षेत्रफलमा फार्म मात्रै स्थापना गरेका उनले हाल सम्म १ करोड बढि लगानी गरेका छन् । अहिले दैनिक ७० लिटर भन्दा बढि दुध उत्पादन हुने उनको फार्मबाट उत्पादीत दुध स्थानिय डेरी उद्योग सहित बुटवल सम्म जाने गर्दछ । सिजनमा १ सय भन्दा बढि लिटर दुध उत्पादन हुने गर्दछ । गौतम बुद्ध डेरी उद्योग सहित स्थानिय रुपमा उनको फार्मकोदुध खपत हुने गर्दछ ।
आधुनिक मुर्रा भैसी पालेका उनले फार्मलाई अझ विस्तार गरी कम्पोष्ट मलको पिट बनाउने योजना बनाएका छन् । यस्तै युरिन पिट समेत बनाउे योजना छ । यस्तै हाल ४० माउ भैसी र ३० बाच्चा बाच्छी रहेको उनले १०० वटा भैसी माफै पु¥याउने योजना समेत रहेको छ । उनी भन्छन्–‘१०० वटा भैसी बाह्रै महिना राख्ने गरी योजना बनाएर लागेको छु, हेरौ कति सफल भईन्छ ।’
तिलोत्तमा नगरपालिकामा सञ्चालित नगर प्रमुख दायित्व कार्यक्रम अन्र्तगत उत्कृष्ठ ५ उद्यामीमा परेका उनले त्यसबाट समेत थप हौसला थपिएको बताउँछन् । सामाजिक क्षेत्रमा नामा चिनाउने काम भएको उ नको भनाई छ । पहिला केही सिमिति व्याक्ति , विद्यालयमा मात्रै चिन्ने गरेकोमा अव भने अन्य तिलोत्तमा बासि, देशले नै चिन्ने गरी काम गर्ने योजना बनाएको उनी बताउँछन् ।
फार्मममा हाल ७ जना व्याक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । केही समय पहिला ५० लाखको योजना समेत उनको फार्मममाा परेको छ । नेपाल लाईभस्टक सेक्टर ईन्नोभेषन परियोजनाबाट ५० लाखको परियोजना रहेको छ । जसमा कम्पोष्ट पिट र युरिन पिट बनाउने योजना रहेको छ । जसको लागि मेसिन खरिद गर्ने र फुल अटोमेटिक रुपमा कम्पोष्ट मल को पिट बनाउने र युरिन(मुत्रबाट) पिट बनाउने र विक्री गर्ने योजना उनको छ ।
मासिक १ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताउने उनले गाउँकै माटोमा पसिना बगाएर आएको आम्दानीबाट आफु सन्तुष्ट भएको बताउँछन् । पुर्खौली पेशा कृषि भएपनि विस्तारै पलायन हुदै जाने परिपाटी भएको भन्दै उनले यसलाई जोगाउनको लागि पनि आफु कृषिमा होमीएको तर्क गर्दछन् ।
पशुपालन व्यवसायबाट आएको आम्दानीमा घर खर्च त राम्रै तवरले चलेको छ भने छोरीलाई आईटी ईन्जीनिरिको अध्यायन समेत गराउन सफल भएका छन् । लुम्बिनी ईन्जीनियरिङ्ग कलेजमा उनले छोरीलाई स्नातक तहमा आईटी(सूचना प्रविधि) तर्फ ईन्जीनियरिङ्ग अध्याउपन गराउन सफल भएका छन् । छोरीलाई उच्च शिक्षा दिने परिपाटी आफ्नो समुदायमा नभएपनि उनले शिक्षित परिवार सुखि परिवार हुने भन्दै प्रविधि क्षेत्रको ईन्जीनियरिङ्ग क्षेत्रमा लगाएको बताउँछन् । छोरी नाम कमाउने अपेक्षा राखेका उनले कृषि कर्मबाट उठेको एउटा गोठालोले आफ्नो छोरीलाई उच्च शिक्षा अध्यायन गराउन पाउँदा खुसि लागेको बताउँछन् ।
विहान देखि साँझ सम्म भैसीको स्याहार, दाना, पानी, दुहुने, बजार पु¥याउने काम गर्दै आएका गौतम थारुलाई उनकी श्रीमती कुन्ती कुमारी चौधरीले समेत साथ दिदै आएकी छिन् । केही कामदार समेत राखेका उनले श्रीमतीको नाममा फार्म दर्ता समेत गराएका छन् ।