बुटवल, बैशाख ।
पछिल्लो समयमा सहकारीहरु बचत तथा ऋणको कारोबार मात्रै गर्ने बढ्दै गएको भन्दै यसलाई विस्तारै उद्यमशिलता तर्फ जोड्नुपर्नेमा जोड दिइएको छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग आयोजना कार्यालय बुटवलको आयोजनामा तिन दिने सहकारीको व्यवसायीक योजना निर्माण तालिम सुरु भएको छ । तालिम शुभारम्भ गर्दै प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका पशुपंक्षि महाशाखा प्रमुख तुलसीराम भण्डारीले सहकारीलाई उत्पादनशिलता तर्फ केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समयमा बढ्दैगएको आर्थिक मन्दीलाई न्यूनीकरण गर्नको लागि सहकारीहरुले कृषि तथा पशुपंक्षि जन्य उत्पादनमा जोड दिदै उत्पादन विविधिकरणमा लाग्नुपर्ने बताउनुभयो । यसले उत्पादन वृद्धि संगै उद्यमशिलता वृद्धिमा समेत यसले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै बरिष्ठ सहकारी विज्ञ तथा प्रशिक्षक केशव बहादुर थापाले तिन दिनको तालिमबाट सहकारीको निश्चित योजनाको खाका तयार गर्न सकिने भन्दै अवका सहकारी भनेको दिर्घकालिन सोँच र रणनीतिक योजनाका साथमा अगाडी बढुपर्ने बताउनुुभयो ।
कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग ईकाई कार्यालय बुटवलका प्रमुख डा.गान्धीराज उपाध्यायले आयोजनाको कार्यक्षेत्र, उदेश्य, आयोजनाले गर्ने क्रियाकलापको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा आयोजनाका सहकारी विज्ञ तोयानाथ पाण्डे, उद्यम विकास विज्ञ धर्मराज बोहोरा, लेखा अधिकृत हरि प्रसाद ज्ञवाली लगायतको सहभागीता रहेको थियो । योजना तथा अनुगमन अधिकृत डा. शिवलाल भुषालको सञ्चालनमा भएको कार्यक्रममा पशुस्वाथ्य प्राविधिक ठाकुर प्रसाद खड्का ले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तालिममा आयोजना कर्यान्वय जिल्लाका सहकारी का अध्यक्ष, व्यवस्थापकहरुको सहभागीता रहेको छ । यो तालिम दोस्रो चरणको यो भन्दा पहिला पनि आयोजनाले सोही प्रकृतिको निश्चित जिल्लाका सहकारीलाई व्यवसायीक योजना तालिम प्रदान गरिसकेको छ ।