सहकारीलागि व्यवसायी योजना तर्जुमा तालिम

बुटवल,बैशाख –नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना सहयोग ईकाई बुटवलको आयोजनामा सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुलाई तिन दिने व्यवसायीक योजना तर्जुमा तालिम सुरु भएको छ । मंगलापुरमा रहेको कृषि विकास बैंक तालिम केन्द्रमा आईतबारबाट सुरुवात भएको तालिमको सहकारी विज्ञ केशव बहादुर थापाले शुभारम्भ गर्नुभयो । तालिमको शुभारम्भ गर्दै उहाँले सहकारीले बचत तथा ऋणको काम मात्रै नभएर अव व्यवसायीक रुपमा योजना बनाउन जरुरी रहेको बताउनुभयो । अवको यति बर्षमा सहकारी यो स्तरमा पुग्ने छ भन्ने प्रक्षेपण सहितको सहकारी योजना, रणनीतिक कार्ययोजना जरुरीरहेको उहाँको तर्क थियो ।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना सहयोग ईकाई बुटवलका प्रमुख डा. गान्धीराज उपाध्यायले आयोजनाको उदेश्य, कार्य क्षेत्रको बारेमा जानकारी दिदै तालिममा सिकेको कुरा व्यवहारमा उतारी सक्षम, सवल सहकारी बन्नेमा आफु विश्वस्त भएको बताउँनुभयो ।
३ दिन सम्म चल्ने तालिममा सहकारी विज्ञ तोयानाथ पाण्डे, केशव बहादुर थापा सहितका आयोजना विकेन्द्रीत कार्यालयका विषय विशेषज्ञहरुले सहजीकरण गर्ने छन् । तालिममा आयोजनका पशु स्वाथ्य प्राविधिक ठाकुरप्रसाद खण्डकाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कृषि विकास तालिम केन्द्र मंगलापुरका प्रबन्धक राम प्रसाद पन्थी, ईन्जीनियर सन्तोष खनाल लगायतको आतिथ्यता रहेको थियो ।

© 2024 krishipatra All right reserved