बुटवल, चैत । दुई बर्ष देखि कोरोना प्रभावको कारण विग्रीएको अर्थतन्त्र सुधारको लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ बुटवलद्धारा आयोजना गरिएको नयाँ बर्षको शुभकामना आदान प्रदान, क्यालेन्डर विमोचनतथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले अर्थतन्त्रलाई सहि दिशा प्रदान गर्नको लागि सबैका विचमा हातेमालो जरुरी हुनुुपर्ने बताएका हुन ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगदिशचन्द्र आचार्यले दुई बर्ष देखि थला परेको व्यवसायी अर्थतन्त्र केही समय देखि तंग्रीन लागेको अवस्थामा पछिल्लो समयमा देखिएको विषम परिस्थीतिले थप गंभिर बनाएको भन्दै तर यसमा आत्तीहाल्ने अवस्था नभएको बताए । उनले वर्तमान विषम परिस्थीतिलाइ सबैले मिलेर सामना गर्नुको विकल्प नभएको भन्दै व्यवसायीक, व्यवसायीक संघ संस्था, स्थानिय निकाय र सरकारका विचमा सहकार्य नै यसको उत्तम विकल्प भएको उनको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल (गोपाल)ले नेपालको अर्थतन्त्र पछिल्लो समयमा भनिएको अवस्थाको नरहेको भन्दै व्यवसायीहरुले अर्थतन्त्र सुधारको लागि जस्तो सुकै योगदान दिन तयार रहेको बताए ।उनले स्वदेशी बस्तु उत्पादन, व्यापार प्रर्वद्धनमा विशेष जोड दिन आवश्यक रहेको भन्दै यसको लागि उत्पादनशिल क्षेत्रम लागनी बढाउनुको विकल्प नभएको उनको तर्क थियो ।
यस्तै कार्यक्रममा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका सल्लाहकार वजिर शाह, पुर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पोखरेल, सुरेन्द्र प्रसाद कान्दु, भिमकान्त पन्थी, निर्वतमान अध्यक्ष केशव कुँवर, कानूनी सल्लाहकर कृष्ण प्रसाद पाण्डे, प्रेस सल्लाहकार कृष्ण खनाल लगायतले नयाँ बर्षको शुभकामना दिएका थिए । अध्यक्ष बाबुराम भुषालले संस्थाले गरेको गतिविधिको बारेमा प्रकाश पार्दै आगामी नयाँ बर्ष व्यवसायीहरुको पक्षमा हुनेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा संघका कोषाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक मनिष बर्णवाल स्वागत मन्तव्य राखेका थिए ।