थारु भैसी फार्मको सार्वजनिक सुुनुवाई

बुटवल, चैत- तिलोत्तमा नगरपालिका वडा नम्बर -१३ मडाहामा रहेको थारु भैसी फार्मको सार्वजनिक सुनुवाई गरिएको छ । नेपाल लाईभस्टक सेक्टर ईन्नोभेषन आयोजना कार्यालय बुटवल ईकाईबाट अनुदान प्राप्त गरेको फार्मले प्रथम सार्वजनिक सुनवाई कार्यक्रम गरेको हो । ५० प्रतिशत अनुदान परियोजनाबाट उपलब्ध भएको उनको परियोजनामा ३० लाख बैंक माफृत कर्जा स्वीकृत भएको छ भने २० लाख लगानी सञ्चालक गौतम थारुले गर्ने छन् ।

वि.स. २०७३ सालमा स्थापना भएको फार्मममा हाल ७० भन्दा बढि भैसी छन् । सार्वजनिक सुनवाई कार्यक्रममा तिलोत्तमा नगरपालिका पशु विकास शाखा प्रमुख राजु कुँवर, दायित्व परियोजना लुम्बिनी प्रदेश प्रमुख कमल थापा, टोल विकास संस्थाका अध्यक्ष मोहनसिंह गुरुङ्ग, एनएलएसआईपी परियोजनाका अजय कुमार चौधरी, आर्दश महिला समाजका उपाध्यक्ष खिमा कुमारी राना लगायतले आ आफ्नो भनाई राखेका थिए ।

© 2025 krishipatra All right reserved