अमुल डेरी एण्ड बेभरेज नेपाल प्रालिकाे सार्वजनिक सुनुवाई

बुटवल , चैत ।
बुटवल उपमहानगरपालिका-१३ मा रहेकाे अमुल डेरी एण्ड बेभरेज नेपाल प्रालिकाे आयाेजनामा सार्वजनिक सुनुवाई कार्यक्रम भएकाे छ ।
नेपाल लाईभ स्टक सेक्टर ईन्नाेभेषन आयाेजना  काे अनुदानमा सञ्चालन हुन लागेकाे “दुग्ध तथा दुग्धजन्य पदार्थ ” आईसक्रिम” उत्पादन परियाेजना अन्तरगत सार्वजनिक सुनुवाइ गरेकाे  गरिएकाे हाे । १ कराेड ७०  लाख रुपैयाकाे  आयाेजना मा ३४ लाख कम्पनी आफै  लगानि गर्ने छ  । यस्तै ५१ लाख मुक्ति नाथ बिकास बैंक मार्फत लगानी सुनिश्चित गरिएकाे छ भने एनएलएसआईपि बाट ८५ लाख रुपैया पुरक अनुदान  प्राप्त हुने उप आयाेजनका व्यवस्थापक अर्जुन अधिकारिले जानकारी दिए ।
उनका अनुसार दुग्ध प्रशाेधन गरि विभिन्न स्वादहरुमा गुणस्तरीय आईसक्रिम उत्पादन गर्ने, आधुनिक प्रविधि काे प्रयाेगलगरि गुणस्तरीय आईसक्रिम उत्पादन क्षमता वृद्धि गर्ने, आइसक्रिम भण्डारण क्षमता विस्तार गर्ने, ढुवानि अनुकलन साधनलप प्रयाेग गर्ने र बजार विस्तार गरि राेजगारि सृजना गर्ने मुख्य उदेश्य रहेकाे छ ।
आयाेजना पश्चात १३५.२९ प्रतिशत आईसक्रिम उत्पदन बृद्धि हुने, बजार १३५ प्रतिशत ले बिस्तार हुने अपेक्षा गरिएकाे अमुल डेरि एण्ड बेभरेज नेपाल प्रालि बुटवलका अध्यक्ष चिनु श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईन्नाेभेषन आयाेजना  संघिय कार्यलय प्रमुख  डां उमेश दाहल ले बाेल्दै आयाेजना समयमानै पूरा गर्नु पर्ने  बताए।
यस्तै पशु सेवा विभागका उप महानिर्देशक जिवलाल न्याैपाने ले पशु धन नै जीवन धन भएकाे बताए । आयाेजना समयमा नै पूरा गर्नु पर्ने बताए ।
नेपाल लाईभ स्टक सेक्टर ईन्नाेभेषन आयाेजन बुटवल ईकाई कार्यलय प्रमुख डा. गान्धिराज उपाध्याय , नेपाल डेरि एशाेसियसन का केन्द्रीय सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष कृष्णप्रसाद भट्टराई , प्रदेश सचिव विजय सापकाेटा लगायतले  लगायत ले आ आफ्नाे भनाई राखेका थिए   । अमुल ले विगत लामाे समय देखि एभ्रिडे आईसक्रिम उत्पादन गर्दै आएकाे छ ।

© 2024 krishipatra All right reserved