‘डेरी जन्य बस्तुलाई प्रविधिसंग जोड्न जरुरी छ’–कार्यकारी निर्देशक यादव

बुटवल, चैत ।
नेपाल डेरी उद्योग संघको १३ औ राष्ट्रिय साधारण सभाबाट अध्यक्षमा पुनः राजकुमार दाहाल चयन हुनुभएको छ । पुरानो कार्यसमितिलाई नै निरन्तरता दिने गरी साधारण सभाबाटले नयाँ कार्यसमिति नाम अनुमोदन गरेको हो । निर्वतमान अध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्षमा निरन्जन श्रेष्ठ, महासचिवमा विश्वास बस्नेत, कोषाध्यक्षमा पुष्पराज बस्नेत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा जेनन शैजु, राम चन्द्र उप्रेती, मिलन कुमार सिंह, राजबाबु श्रेष्ठ, सन्तोषलाल श्रेष्ठ र रवि प्रसाद रिजाल चयन हुनुभएको हो ।
बुटवलमा आयोजना गरिएको साधारण सभामा राष्ट्रिय दुग्ध विकास बार्डका कार्यकारी प्रमुख डा. राजेन्द्र प्रसाद यादवले व्यवसायीक एकता संग संगै दुध र दुग्धजन्य बस्तुको विविधिकरण र शुद्धतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अवको युग डेरीको युग, प्रविधिको युग भएको भन्दै डेरी क्षेत्रमा भएका विभिन्न समस्या समाधानको लागि आफुले पहल गर्ने बताए ।
कार्यक्रममा पशु सेवा विभागका उप–महानिर्देशक जिवलाल लम्सालले समस्या समाधानको उपाय छलफलबाट भएको भन्दखै निरन्तर पहल गर्ने बताउनुभयो । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्थ मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बैकुण्ठ अधिकारीले बोल्दै डेरी किसान देखि उपभोक्ता सम्म जोडीएको भन्दै सबैको हितको लागि प्रदेश सरकार लागिरहने बताउनुभयो ।
नेपाल डेरी एशोसीयसन पुर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारी, दुग्ध विकास संस्थान बुटवलका प्रमुख परमेश्वर चौधरी, नेपाल लाईभस्टक ईन्नोभेसन सेक्टर आयोजना प्रमुख डा. उमेश दाहाल,बुटवल कलष्टर प्रमुख डा. गान्धीराज उपाध्याय, देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानीधि भण्डारी, रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष निरज श्रेष्ठले दुधको अवस्था, उत्पादनको अवस्था लगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

© 2025 krishipatra All right reserved