सैनामैना, चैत ।
सैनामैना नगरपालिका वडा नम्बर १ मा सञ्चालनमा रहेको सैनामैना कृषि उद्योग अन्र्तगतको उन्नत बाख्रा स्रोत केन्द्रको सार्वजनिक सुनवाई गरिएको छ । नेपाल लाईभस्टक सेक्र ईन्नोभेषन आयोजनाको अनुदानमा सञ्चालन हुन लागेको स्रोत केन्द्रको विषयमा पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको अध्यक्ष प्रेम सागर पौडेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्र ईन्नोभेषन आयोजनाका प्रमुख डा. गान्धीराज उपाध्यायले रुपन्देहीको सैनामैनामा बाख्राको उन्नत जानको स्रोत केन्द्र स्थापना हुनु आफैमा गौरवको विषय भएको बताए । नमुना फार्मको रुपमा विकास भएको फार्मले गरेको प्रगति साच्चै नै अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि स्रोत केन्द्र स्थापना पश्चत यसले देशभरका किसानहरुको लागि एउटा पठशाला बन्ने समेत अपेक्षा लिएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. परवेज आलमले बोल्दै स्रोत केन्द्र आफैमा पशु पंक्षिको लागि महत्वपूर्ण निकाय भएको बताए । सरकारी स्तरबाट स्थापना हुनुपर्ने स्रोत केन्द्र नीजी क्षेत्रबाट स्थापना भएको भन्दै उनले जसको उच्च सह्रहाना गर्नुपर्ने बताए ।
कार्यक्रममा कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका अधिकृत लोकराज भुषाल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवका अधिकृत टुकराज न्यौपाने, स्थानिय वडा नम्बर ३ र ४ का वडा अध्यक्षहरु, राजनीतिक दलका नेता प्रेम सुवेदी, नारायण महत सहित प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सैनामैनालाई देशकै नमुना कृषक पाठशाालको रुपमा विकास गर्ने गरी योजना निर्माण गरिएको अध्यक्ष प्रेम सागर पौडेलले जानकारी दिए ।