लुम्बिनी प्रदेशमा दुध ढुवानी सवारी साधनलाई लोगो वितरण

  • दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ( लोगो)
  • बुटवल, चैत ।
    राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित दुध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ( लोगो) प्रचारप्रसारका लागो वितरण गरेको छ ।
    कृषी, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचीव बैकुण्ठ अधिकारी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादब लगायतको सहभागीतामा लोगो वितरण गरिएको हो ।
    कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी योगेन्द्र सिंह थापा, डेरी उद्योग सघका अध्यक्ष राजकुमार दाहाल, कृषी, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय महाशाखा प्रमुख तुलसीराम भण्डारी, दुग्ध विकास संस्थानका सदस्य प्रकाश अर्याल, देवदह नगरपालिकाका मेयर हिरा के.सि, रुपन्देही सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डे, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लि.का सदस्य हरि प्रसाद काफ्ले, नेपाल डेरी एसोसिएसनका पूर्व केन्द्रिय अध्यक्ष एवं बोर्ड सदस्य मेघराज भण्डारी , महासचिव प्रल्हाद दाहाल, कोषाध्यक्ष दयाराम भण्डारी, सह–सचिव रेशम बहादुर खड्का, नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपाने, बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे, केन्द्रिय सदस्य शिव भुषाल, डिडिसि बुटवलका प्रमुख प्रमेश्वर चौधरी, शान्ति समाज रुपन्देहीका उपसभापति कृष्ण भट्टराई ( खिम ) राष्ट्रिय दुग्ध विकासबाट बिदुर राई, ओमप्रकाश खरेल, दिपेन्द्र अधिकारी एवं विभिन्न दुग्ध उद्योगका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
    कार्यक्रममा निम्नानुसार डेरी उद्योगका ११ वटा सवारी साधनलाई प्रतिक चिन्ह (लोगो ) प्रदान गरिएको थियो । कार्यपत्र बोर्डका प्रशासनिक प्रमुख बिदुर राईले ले सबै डेरी उद्योगमा चल्ने गाडीमा लोगो लगाउन अनुरोध गरे । नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहलले आफू आबद्ध एसोसिएसनले निकै पहिले उठाएको विषय प्राप्त हुँदा अत्यन्तै खुशी लागेको बताउँदै बताए ।
    डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बोर्डले अत्यन्तै राम्रो काम गरेको र उद्योग संघले चाडै सबै उद्योगमा लोगो लगाउने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा पनि बोर्डले यस्तै खालका सकारात्मक कदम चाल्ने कुरामा आशाबादी रहेको बताए ।
    लुम्बिनी प्रदेशका कृषी, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचीव बैकुण्ठ अधिकारीले लोगो लगाउँदा ढुवानीमा सहजता हुनुको साथै गुणस्तरमा पनि सुधार हुने कुरामा विश्वास रहेको बताउँदै अब मन्त्रालयले पनि यो कुरामा सरोकारवालाहरुलाई बेला बेला सजग गराउने बताए । अन्त्यमा कार्यक्रमका सभापति एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादबले यो लोगो भनेको राष्ट्रिय दुग्ध विकास बोर्डको मात्र नभएर सबै सरोकारवाकोसफल भएको बताए ।

    © 2022 krishipatra All right reserved