
बुटवल, चैत । नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनबाट अध्यक्षमा थानेश्वर न्यौपाने चयन हुनुभएको छ । बुटवलमा आयोजना भएको प्रदेश अधिवेसनबाट उपाध्यक्षमा घनश्याम पौडेल, सचिवमा विजय सापकोटा, सह–सचिवमा कमल प्रसाद भुषाल चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा कृष्ण प्रसाद बस्याल, मिना कण्डेल,प्रकाश देवकोटा (हरि), मान बहादुर बुढाथोकी, रविलाल पन्थ, नवराज सापकोटा, पवन भट्राई, सवित्रा भुषाल चयन हुनुभएको हो ।
बुटवलमा आयोजना भएको साधारण सभा तथा अधिवेसन कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी अधिकृत डा. राजेन्द्र प्रसाद यादव, कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका पशुपंक्षि महाशाखा प्रमुख तुलसीराम भण्डारी, नेपाल डेरी एशोसीयनका केन्द्रीय महासचिव प्रल्हाद कुमार दाहाल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय भैरहवाका अधिकृत श्रवण कुमार ढुङ्गाना, नेपाल डेरी एशोसीयसनका केन्द्रीय पुर्व अध्यक्ष मेघराज भण्डारी, बुटवल उद्योग बाणिज्य संघ का बरिष्ठ उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।