दुग्धव्यसायीलाई सरकारले हेर्ने दृष्टिकोणमा परिर्वतन गर्न आवश्यक

बुटवल, चैत ।
दुग्धव्यवसायीहरुले सरकारी निकायबाट आफुहरुलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न माग गरेका छन् । किसानहरुको दुध बजारीकरण, बस्तु विविधिकरणमा विशेष जोड दिदै आएका डेरी व्यवसायीहरुले सरकारले सरकारी संयन्त्रको संरचनालाई करोडौंको अनुदान दिँदा आफुहरुलाई भने हेलाको दृष्टिकोणबाट हेर्ने गरेको भन्दै यसा एकरुपता ल्याउन माग गरेका हुन ।
नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेशको बुटवलमा आयोजना भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनमा बोल्दै अधिकांस व्यवसायीहरुले सरकारले समान दृष्टिकोणबाट हेर्नुपर्ने माग गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार यादवले किसानहरुसंग प्रत्यक्ष जोडीएको दुग्ध व्यवसायीहरु, डेरी व्यवसायीहरुको पक्षमा आफुले निरन्तर वकालत गर्दै आएको बताउनुभयो । उहाले आगामी दिनमा सरकारले र बोर्डले गर्ने कार्यक्रममा व्यवसायीलाई जोडेर जाने कुरामा आश्वासन समेत दिनुभयो । दुधअति संवेदनशिल पदार्थ भएको कारण यसको शुद्धतामा जो दिदै उनले गुणस्तर कायम राख्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था महाशाखा प्रमुख तुलसीराम भण्डारीले दुधको विविधीकरणमा जोड दिदै प्रदेश सरकारले किसान, समुह सहकारी र दुग्ध व्यवसायीहरुलाई उत्पादनमा आधारित अनुदान वितरण गर्दै आएको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल डेरी एशोसीयसनका केन्द्रीय महासचिव प्रल्हाद दाहालले सरकारले निजी क्षेत्र र सरकारी संरचनाको डिडीसीलाई हेर्ने दृष्टिकोणमा आकास पातालको फरक भएको भन्दै त्यसलाई सच्चाउनको लागि आग्रह गर्नुभयो । उहाले करोडौंको घाटा व्यहोर्ने डिडिसीलाई सरकारले अनुदान दिने र ऋण आपूर्ती गरिदिने तर कारोडौ लगानी लगाएका नीजी डेरी व्यवसायीहरुलाई कर्जामा समेत सहुलियत नदिने सरकारको दोधारे नीति परिर्वतनको खाँचो रहेको बताउनुभयो ।
नेपाल डेरी एशोसीयसनका पुर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले किसानको उत्पादन बजारीकरण गर्दै आएका व्यवसायीहरुलाई सरकारले सकारात्मक सोँचका साथ उच्च सम्मान गर्नुपर्ने बताए । उनले हाल पनि सरकारले कृषि जन्य बस्तु उत्पादनको लागि स्वदेशमा उद्योग सञ्चालन गर्दा आयात गर्ने उपकरणमा छुट दिनुपर्नेमा आलटाल गर्ने गरेको कारण उद्योग स्थापनामा समेत समस्या सृजना भएको बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले बोल्दै दुधको विविधिकरण आवश्यक रहेको भन्दै जनताको प्रत्यक्ष स्वाथ्यमा यसको ठुलो योगदान रहेकोले सही, उचित गुणस्तर मापन सहितको प्रयोग आवश्यक रहेको बताउनुभयो ।
खाद्य प्रविधी तथा गुणस्तर मापनकार्यालय भैरहवाका खाद्य अधिकृत श्रवण कुमार ढुङ्गानाले दुधको शुद्धतामा विशेष ख्याल गर्न आग्रह गरे । बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले दुधको विविधिकरण संगै गुणस्तरमा ख्याल गर्न आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाले गरेको कार्यक्रमबारेमा अध्यक्ष कृष्ण प्रसाद भट्टराई(खिम)ले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रुपन्देही व्यापार संघका दिलिप सापकोटा, खुद्रा किरानाका गोपाल प्रधान, रुपन्देही क्याटरिङ्ग तथा मिष्ठान्न व्यवसायीका लक्ष्मण पोखरेल लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद भट्राईको अध्यक्ष धर्मा पौडेलको सञ्चालनमा भएको हो ।

© 2024 krishipatra All right reserved