सुस्तामा पहिलो पटक पशु स्वाथ्य तथा बाँजोपन निवारण शिविर

  • ३ सय ५० गाई भैसी र ८ सय भन्दा बढि बाख्राको स्वाथ्य परिक्षण
  • बुटवल, फागुन ।
    लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगत रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ५, पारी सुस्ता पशुस्वाथ्य तथा बाँजोपन निवरण शिविर सम्पन्न गरेको छ ।
    पहिलो पटक आयोजना गरिएको शिविर शुभारम्भ गर्दै मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले जनताको सेवाको लागि प्रदेश सरकार तयार रहेको भन्दै आगामी दिनमा पनि सेवा प्रदान गर्दै जाने जानकारी गराउनुभयो ।
    निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलमका अनुसार सुस्ता ७५ जना घरधुरीका स्थानियहरुले विभिन्न प्रजातिका पशु तथा पंक्षिको लागि सेवा लिएका थिए । सुस्तामा पहिलो पटक पशु स्वाथ्य शिविर आयोजना हुँदा स्थानियहरु समेत खुसी देखिएको नि.निर्देश आलमले जानकारी दिनुभयो ।
    निमित्त निर्देशक परवेज आलमको अध्यक्षता, मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको प्रमुख आतिथ्यता, पशुपंक्षि महाशाखा प्रमुख तुलसीराम भण्डारी, प्रशासन महाशाखा प्रमुख अनिल मरासीनी, बरिष्ठ मत्सय विकास अधिकृत पवन सिं कुँवर लगायतको विशिष्ट आतिथ्यातरहेको थियो । शिविरमा नेपाल भेटेनरी एशोसीयसनका ३ जना विशेषज्ञ डा. सुरेन्द्र प्रसाद कान्दु, डा. सुमन कुमार सिंह, डा. विवेक बन्दु रेग्मी लगायतले सेवा प्रदान गर्नुभएको थियो । शिविरमा सुस्ता गाउँपालिका पशु सेवा शाखाको सहयोग रहेको थियो । शिविरमा ३ सय ५० गाई भैसी र ८ सय भन्दा बढि बाख्राको स्वाथ्य परिक्षण उपचार सेवा प्रदान गरिएको थियो ।

    © 2025 krishipatra All right reserved