
बुटवल, फागुन ।
लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री शुमन शर्मा रायमाझीले किसानको समस्या समाधानको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले आफु र आफ्नो सरकार जहिले पनि किसानको पक्षमा रहेको भन्दै यसको लागि सकारात्मक पहल गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश सरकार संग सम्बन्धीत कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा कपिलवस्तुमा भएको पोल्ट्री व्यवसाय प्रर्वद्धनका लागि विज्ञ तथा सरोकारवाला विचको अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री रायमाझीले किसानको समस्या समाधानको लागि प्रदेश सरकार जहिले पनि सकारत्मक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश, कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले निति नियमको पुर्णरुपमा पालन गर्नु आवश्यक रहेको भन्दै सकरार नियमनको लािग जहिले पनि तयार रहेको बताउनुभयो । उहाँले किसानको समस्या नै सरकारको समस्या रहेको भन्दै समाधानको लागि सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. परवेज आलम ले पछिल्लो समयमा किसान, व्यवसायीहरुले तोकीएको भन्दा पनि बढि मात्रामा कुखुरामा भिटामिन, औषधी प्रयोग गर्ने गरिएको कारण यसले मन्द विष उत्पादन भैरहेको भन्दै रोक्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा कुखुरा विकास फार्म खजुरा बाँकेका प्रबन्धक डा. शंकर न्यौपानेले फार्मले गरेको गतिविधिबारेमा प्रकाश पार्नुभएको थियो ।
मन्त्रालयका पशुपंक्षि विकास महाशाखा प्रमुख तुलसीराम भण्डारीले प्रदेशमा पोल्टी«को संभावना, अवसर र चुनौतिको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै पशुपंक्षि रोग अन्वेश्वण प्रयोगशाला सुर्खेतका प्रमुख डा. विकास श्रेष्ठले लुम्बिनी प्रदेशमा पशुपंक्षिको अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै डा. आशेष भट्राईले पोल्ट्रीजन्य व्यवसाय र यसको आर्थिक मत्वको विषयमा कार्यपत्र प्रस्तुत गरेका गर्नुभएको थियो ।
गोष्ठीमा पोल्ट्री व्यवसायी, दानाव्यसायी, किसान तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।