बुटवल,
सुन्दा जो कोहीलाई अचम्म लाग्छ विउ विजन परिक्षण सफ्टवेर मार्फत गर्ने ? जो कोहीको मनमा पनि आउने प्रश्न हो यो के संभव छ ? लुम्बिनी प्रदेश सरकारले विउ विजन परिक्षण गर्नको लागि सफ्टवेर प्रणाली लागू गर्ने भएको छ । बागमती प्रदेश र गण्डकी प्रदेशमा लागू भएको यो प्रणाली अनुसार अव किसानले आफुले प्रयोग गर्दै आएको वा अव प्र्रयोग गर्ने वा वाली लगाउन पुर्व विउ उपयुक्त हो या होईन भन्ने विषयमा जानकारी लिनको लागि सम्बन्धीत‘ विउ विजन प्रयोगशाला’मा गएर परिक्षण गर्नुपर्ने हुन्छ ।
तर प्रदेश सरकारले सञ्चालनमा ल्याउन लागेको सफट्वेर मार्फत अव किसानहरुले सम्बन्धीत पालिकाको कृषि शाखामा रहेका प्राविधिलाई आफुले परिक्षण गर्न चाहेको विउको नमुना छाडेमा हुने भएको हो ।
प्रदेशको कृषि विकास निर्देशनालय मार्फत विउ विजन परिक्षण प्रयोगशालामा ति विउका नमुना परिक्षण हुने र त्यसको रिर्पोट, विउको उत्पादन दर(सिडरेट) सहित कुन हावापानीका कुन विउ उपयुक्त छ वा सिफारिस जात हो या होईन भन्ने विषयामा परिक्षणाबाट किसानले घरमा नै रिर्पोट पाउने गरी तयारी गरिएको कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटाले जानकारी दिए ।
जसको लागि निर्देशनालयलेलले ड्रिम वर्क शोलुसन प्रालि संग सम्झौता गरी कार्यक्रम अगाडी बढाएको छ । पहिलो चरणमा स्थानिय निकायका सम्बन्धीत पालिकाका कृषि शाखा प्रमुख तथा कृषि प्राविधकहरुलाई यो सम्बन्धी तालिम प्रदान गरिएको छ ।
तालिम पश्चात सम्बन्धीत पालिकामा आएको नमुनाको विवरण सम्बन्धीत प्राविधिकहरुले सफट्वेर मार्फत ईन्ट्री गरेपछि त्यसको नमुना सम्बन्धी पालिकाले सम्बन्धीत विउ विजन प्रयोगशालामा पठाउने गर्दछ, आफुले पठाएको नमुनाको के कती काम भयो भन्ने विषयमा प्रयोगशालाका प्राविधिहरुले कम्प्युटरमार्फत प्रविष्ट गर्ने हुँदा यो विषयमा प्राविधि वा किसानले समेत जानकारी पाउन सक्दछन् ।
एउटा सानो नमुना परिक्षणका लागि घण्टौको बाटो लगाएर खर्च गरेर विउ विजन प्रयोगशाला जानुपर्ने वातावारणको अन्त्य हुने गरी कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका बाली विकास अधिकृत तथा योजना महाशाखा प्रमुख शालीकराम गौतमले जानकारी दिए । किसानले खासगरी आफ्नो विउको गुणस्तरियताको विषयमा जानकारी पाउने गरी नयाँ प्रविधिको विकास गरिएको र जसको कारण सबैलाई सहज हुने कृषि विकास निर्देशनालय बुटवलका कृषि अभिकृत दयाराम बस्याललले जानकारी दिए ।
किसान जहित विउ उत्पादक कम्पनी, समुहहरुको समेत विवरण यसमा उल्लेख हुने भएको कारण पनि विउको उपलब्धता, माग र आपुर्तीको अवस्था समेत यहाँबाट जानकारी हुने वागवानी विकास अधिकृत सुनौना बरालीले जानकारी दिईन । धधधस्कभभम।गिmदष्लष्।नयख।लउ नामको विउ विजन वासलात सफट्वेर प्रदेशको कृषि विकास निर्देशनालयले निर्माण गरेको हो । जसबाट आफ्नो किसानको हाल को उत्पादन बढ्ने अपेक्षा प्रदेश सरकारको रहेको छ ।
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालले प्रदेशमा विउ विजन परिक्षण सम्बन्धी सफ्टवेर लागूगर्ने भएको छ । किसानले ल्याएको विउ पक्षिणको लागि किसान स्वयम नै विउ विजन प्रयोगशालामा लैजानुपर्ने बाध्यतालाई निराकरण गर्दै स्थानिय तह मार्फत नै विउ विजन परिक्षण प्रक्रिया सुरु गर्ने गरी नयाँ प्रविधि ल्याइएको हो । प्रदेशमा हाल विउ विजन प्रयोगशाला खजुरा बाँके र भैरहवा रुपन्देहीमा दुई वटा रहेका छन् ।