प्रादेशिक विउविजन वासलत सफ्टवेयर सञ्चालन सम्बन्धी अभिमुखिकरण

बुटवल, फागुन ।
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनाले प्रदेशमा विउ विजन परिक्षण सम्बन्धी सफ्टवेर लागूगर्ने भएको छ । किसानले ल्याएको विउ पक्षिणको लागि किसान स्वयम नै विउविजन प्रयोगशालामा लैजानुपर्ने बाध्यतालाई निराकरण गर्दै स्थानिय तह मार्फत नै विउ विजन परिक्षण प्रक्रिया सुरु गर्ने गरी नयाँ प्रविधि ल्याइएको हो ।
जसका तयारी स्वरुप प्रदेशमा रहेका विभिन्न स्थानिय तहका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्राविधिकरुको सहभागीतामा अभिमुखिकरण तालिम प्रदान गरिएको छ । बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख याम नाराराण देवकोटाले किसानले आफ्नो विउको गुणस्तरियता, उत्पादन दर लगायतका विषयमा जानकारी लिनको लागि अव सफट्वेरमार्फत नैजानकारी पाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै, कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका बाली विकास अधिकृत तथा सूचना अधिकारी शालीकराम गौतमलले किसानको सहजीकरणका लागि नयाँ प्रविधिमा आधारित सफ्टवेर मार्फत विउ विजन परिक्षणको योजना ल्याइएको जानकारी दिनुभयो ।
कार्यक्रममा ड्रिमवर्क सोलुसन प्रालिका सन्तोष जोशी, किरन बमानु लगायतले सहजीकरण गरेका गर्नुभएको हो । कार्यक्रममा बागवानी विकास अधिकृत सुनैनाबराली, कृषि अधिकृत दयाराम बस्याल ल गायतले आ आफ्नो भनाई राखेका थए । प्रदेशमा हाल विउ विजन प्रयोगशाला खजुरा बाँके र भैरहवा रुपन्देहीमा दुई वटा रहेका छन् ।

© 2025 krishipatra All right reserved