बुटवल, फागुन ।
कृषि विकास बैंक खस्यौली शाखा आयोजनामा दुग्ध उत्पादक कृषक र व्यापारी विच व्यवसाय विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बुटवल खस्यौली शाखा प्रबन्धक झविलाल भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंक प्रदेश कार्यालय लुम्बिनी भैरहवाका प्रमुख राजेश कुमार श्रीवास्तवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईन्नोभेसन आयोजना प्रमुख डा. गान्धीराज उपाध्याय, कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका बरिष्ठ प्रबन्धक सिमा वन , दुग्ध विकास संस्थान (डिडिसी)बुटवलका अधिकृत भोजराज खरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा कृषि विकास बैंकका बरिष्ठ कृषि अधिकृत अर्जुन खनाल, आरपीएसफ संयोजक कृष्ण प्रसाद सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
आईफार्डपरियोजना र कृषि विकास बैंकको सहकार्यमा किसानहरुको व्यवसायीक सहजीकरणको लागि काम गर्दे आएको आईफाड प्रतिनिधि ऋतु खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा बुद्धनगर एग्रो फार्मका अध्यक्ष कुल बहादुर केसी, प्रमुख कार्यकारी अधिकृत खड्क बहादुर थापा लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सप्लाई चेन फिल्ड अफिसर प्रतिमा पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बुद्धनगर एग्रोफार्मको संयोजकत्वमा भएको कार्यक्रममा किसान तथा व्यवसाय प्रतिनिधिहरुले आ आफ्नो समस्याहरुको विषयमा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रको सञ्चालन आईफाड परियोजानका रितु खनालले गर्नुभएको हो ।