च्याउ उत्पादक किसान संघ लुम्बिनीमा पोख्रेल

बुटवल, फागुन ।
च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा अधिवेसनबाट रिषव पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा आयोजना भएको अधिवेशनबाट पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्षमा समेश केसी, सचिवमा राजन पौडेल, सह–सचिवमा महेन्द्र ज्ञवाली, कोषाध्यक्षमा तुलसी बुढा चयन हुनुभएको छ ।


यस्तै सदस्यहरुमा उमानाथ घिमिरे, सन्तोष प्रिति, कल्पना पन्थी, सुदिप न्यौपाने, जीवलाल न्यौपाने, शोभा पोख्रेल, विश्व अधिकारी, दिर्ण चौधरी, मोहन रिजाल, मिलन बस्नेत, धुव्र्र के.सी. , रविन कुमार थारु, कृष्ण कण्डेल नरबहादुर खड्का र नेत्र थापा मगर चयन हुनुभएको हो । नयाँ निर्वाचित कार्यसमितिलाई लुम्बिनी प्रदेशका सांसाद तथा पुर्व भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, च्याउ उत्पादक किसान संघका केन्द्रीय उपाध्यक्ष कृष्णराज पोख्रेल सहितको समुहले बधाई तथा शुभकामना दिनुभएको थियो ।

© 2022 krishipatra All right reserved