बुटवल कृषि उपज को वेभसाईट र मोवाईल एप सार्वजनिक

  • बुटवल कृषि उपजका जानकारी अव बेभसाईट र मोवाईलमा
  • बुटवल, फागुन ।
    बुटवल कृषि उपज थोक बजार केन्द्रको दैनिक बजार मुल्य सहितको विवरण उल्लेख गरिएको बेभसाईट र मोवाईल एप्स सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल, सल्लाहकार तथा बुटवल उपमहानरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिश चन्द्र आचार्य, बुटवल उपमहानगरपालिका बरिष्ठ अधिकृत  विष्णु प्रसाद खनाल शुभारम्भ गर्नुभयो ।
    बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले निर्माण गरेको वेभसाईट तथा मोवाईल्स एपमा अव उपज केन्द्रबाट प्रकाशित दैनिक फलफुल तथा तरकारीको थोक मुल्य, आयात गरिएको विवरण सहित निर्यातको अवस्था र नयाँ फलफुल तथा तरकारीको विवरण सहितको विवरण राखिएको छ ।
    बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल(गोपाल)ले बदलिगो परिवशे र प्रविधि अनुसार देश तथा विदेशबाट समेत जानकारी पाउन सकिने गरी नयाँ वेभसाईट र मोवाईल एप्स निर्माण गरिएको जानकारीदिनुभयो ।
    उहाँका अनुसार अव उपज केन्द्रको थोक मुल्य थाहा पाउनको लागि बुटवल कृषि उपज डट ओआरजी डट एन पी लगअन गरेर जानकारी लिन सकिन्छ ।
    बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका निमित्त बजार व्यवस्थापक राम बहादुर खत्रीले पछिल्लो समयमा अधुनिक प्रविधि अवलम्बा गर्दे उपभोक्ता, विक्रेता तथा व्यवसायीहरुको समेत विवरण संलग्न गरी वेभसाईट र मोवाईल एप निर्माण गरिएको जानकारी दिदै आगामी दिनमा अझ बढि परिस्कृत रुपमा लैजान जानकारी दिनुभयो ।
    कार्यक्रममा एप्स र वेभसाईट निर्माता जियो कृषिका प्राविधिक अनिल नेपालीले प्राविधिको प्रयोग तथा वेभसाईट निर्माण पछिको फाईदाको विषयम प्रकाश पार्नुभएको थियो ।

    © 2024 krishipatra All right reserved