बुटवल, फागुन ।
कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा कृषि विकास साझेदार संघ संस्थाहरु अन्तरक्रिया गोष्ठी सुरु भएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले शुभारम्भ गर्नुभयो । कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटाको अध्यक्ष तथा कृषि प्रसार अधिकृत आशा भण्डारीको सञ्चालनमा कार्यक्रम भएको हो । कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ कृषि प्रसार अधिकृत राम प्रसाद पाण्डेले गोष्ठी आयोजानको उदेश्यमाथि प्रकाश पार्दै निर्देशनालयले गरेको कार्यप्रगतिको विषयमा कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव डा. शान्ता कार्कीले मन्तव्य राख्दै कृषिको दिगोपनाको लागि सबैको साझेदारीता आवश्यकता रहेको बताउनुभयो । गोष्ठीको पहिलो दिन प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना रुपन्देही, रेडा बुटवल, नेपाल लाईभस्टक सेक्टर ईन्नोभेषन आयोजना, किसान २, सीएसआईएसए,युएसीडी, पीडीएमसी, सुआहारा,रेडा, हेफर नेपाल लगायतको प्रस्तुतीकरण रहेको थियो । दोस्रोदिन पनि राईज नेपाल, आईडीई ईन्टरनेशनल, युएनडीपी, लिर्वड, साईटस नेपाल, पाल्पा विकास केन्द्र, जिओकृषि लगायतको प्रस्तुतीकरण रहने जनाइएको छ।