बुटवल, माघ ।
च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारतबाट विषादीयुक्त अवैधरुपमा च्याउ नेपाली बजारमा आईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न माग गरेको छ ।
च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्की द्धारा जारी विज्ञप्तीमा कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने गरी आयात भैरहेको भारतीय अवैध च्याउ रोक्न माग गरिएको हो । च्याउ उत्पादक किसान संघ रुपन्देहीका रिषव पोखरेल सहितको टोलीले प्यालन्ट क्यावरेन्टाईन कार्यालय र भन्सार कार्यालय, जिल्ल प्रशासन कार्यालयमा ज्ञापन समेत बुझाएको छ ।
च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा न्युन मुल्य राखि भन्सार नेपालमा आयात भैरहेको भन्दै जसको कारण नेपाली च्याउ उत्पापदक किसान मारामा परेको बताईएको छ ।
ज्ञापन पत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरिकन भारतबाट नेपालमा च्याउ भित्र्याइएको भन्दै च्याउ ढुसीजन्य वस्तु भएकाले भारतबाट नेपाल भित्रयाउन रोक लगाउनु पर्ने उल्लेख छ ।
नेपाली किसानको कच्चा पदार्थहरुको उपयोग भइरहेकोमा परालहरु डढाएर सकिने अवस्था रहेको भन्दै देशमा बेरोजगारीको समस्या थपिने तर्फ सरकारले विशेष ख्याल गर्नुपर्ने बताईएको छ ।
भारतीय च्याउको आयात रोक्न जरुरी रहेको भन्दै च्याउ संघले नेपाली च्याउ किसानका समस्या भेरै रहेको र समस्याको एकै पटकमा समाधान गर्न नभएकोले त्यसैले हाललाई एउटा मात्र महत्वपूर्ण माग भारतीय च्याउ कुनै पनि हालतमा रोक्नु पर्ने उल्लेख गरिएको छ ।
‘सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हामी च्याउ किसान पनि साथमा छौं । सरकारद्वारा अभिभावकत्व प्रदान गरी भारतको च्याउ नेपाल भित्रिन नदिन आवश्यक ऐन कानुन नीति निर्देशन लागु गरियोस् ।’ विज्ञप्तीमा भनिएको छ ।