बालीका रोग–किरा प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी

  • बरिष्ठ वाली संरक्षण अधिकृत घनश्याम चौधरी, कुलदिप घिमिरेले कार्यपत्र प्रस्तुत
  • बुटवल,पुस ।
    कृषि विकास निर्देशनालय बुटवलको आयोजना बालिका रोग/किराको प्रकोप व्यवस्थापन सम्बन्धीत सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीको शुभारम्भ गर्दै निर्देशक याम नारायण देवकोटाले बालीको रोक र किराकोसमयमा नै व्यवस्थाप गर्न नसकेमायसलेथप क्षती पु¥याउने हुँदा समयमा नै सचेतहुनपर्ने बताए ।
    कार्यक्रममा कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका बरिष्ठ वाली संरक्षण अधिकृत घनश्याम चौधरी, प्लान्ट क्वारेन्टाईन कार्याय भैरहवाका प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत कुलदिप घिमिरेले बालीका रोग र किराको व्यवस्थापन, पहिचान तथा नियन्त्रणका उपायहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
    प्रदेशका विभिन्नतहमा कार्यरत रहेका कृषि प्राविधिकहरु, भेटेनरी व्यवसायी तथा अगुवा किसानहरुको सहभागीतामा सचेतानमुलक गोष्ठी आयोजना गरिएको कृषि विकास निर्देशनालयका अधिकृत दयाराम बस्यालले जानकारी दिए । गोष्ठीमा निर्देशनालयका बाली संरक्षण अधिकृत देबेश मिश्र, बाली संरक्षण अधिकृत राम बहादुर खत्री, सुनैयना बराली लगायतले आ आफ्नो धारणा राखेका थिए ।
    कार्यक्रममा प्लान्ट क्वारेन्टाईनको अवस्था विद्यमान कानुन लगायतको विषयमा समेत छलफल गरिएको थियो ।

    © 2025 krishipatra All right reserved