
बुटवल, पुस ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीको आयोजनामा जोन संचालन समन्वय समिति (गहुँ जोन) गठन गरिएको छ ।
परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीका बरिष्ठ कृषि अधिकृत नारायण काफ्ले जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, मर्चवारी गाउपालिकाका अध्यक्ष केशवचन्द वानिया र कोटहीमाई गाउँपालिकाका उपाध्यक्ष भानमति बानियाको विशेष उपस्थितिमा गहुँजोन गठन गरिएको हो ।
कोटहीमाई गाउँपालिका– ५, ६ र ७ सम्मरीमाई गाँउपालिका– ६ र ७ तथा मर्चवारी गाँउपालिका– ५, ६ र ७ का वडा अध्यक्षहरू, गहुँ जोन क्षेत्रका सहकारी/समुह/फर्ममा आवद्ध किसानहरुको उपस्थिति तथा परियोजनाका कृषि अधिकृत जोगेन्द्र कान्दु र वाली विज्ञ सुदीप मरासिनीको सहजीकरणमा गरेको कृषि अधिकृत सुमन खनालले जानकारी दिए ।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै आ. व. २०७८/०७९ बाट संचालनमा आएको गहुँ जोनको लक्ष्य प्राप्त गर्न समन्वयकारी भुमिका निर्वाहा गर्ने उदेश्यले जोन संचालन समन्वय समिति गठन गर्न लागिएको बरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताए ।
कृषि क्षेत्रका समस्या अनगिन्ति भएपनि दिगो र आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ कोटहीमाई गाउँपालिका– ५, ६ र ७, सम्मरीमाई गाँउपालिका– ४, ६ र ७ तथा मर्चवारी गाँउपालिका– ४, ५, ६ र ७ मा गहुँ जोन संचालनमा आएकोमा वक्ताहरुले खुशी गरे । परियोजना कार्यान्वयन एकाइ रुपन्देहीमा सुचिकृत ३२ वटा सहकारी÷समुह÷फर्ममा आवद्ध कृषकहरुको बृहत उपस्थिति भएको भेलाबाट जगन्नाथ कुर्मीको संयोजकत्वमा तीन जना महिला सहित नौ सदस्यीय जोन संचालन समन्वय समिति (गहुँ जोन) सर्व सहमतीबाट निर्वाचित गरिएको छ ।