कृषि तथा पशु विमा प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल, पुस ।
नेपाल सरकारले ८० प्रतिशत अनुदान सहित प्रदान गर्दै आएको कृषि तथा पशु विमा को प्रभावकारी कार्यान्वयन नभएको भन्दै यसको पुर्णरुपमा कार्यानवयन हुनपर्ने सरोकारवालाहरुले बताएका छन् । बुटवलमा कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरिय पशुपंक्षि विमा सम्बन्धी अन्तरक्रियाका सहभागीहरुले सरकारले तोकेको दरमा विमा एजेन्सी, एजेन्टबाट सहज सेवा नपाएको गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगको सदस्य दामोदर भुषालले नेपाल सरकारले तोकेको र स्थानिय सरकारले समेत थप अनुदान प्रदान गरेको विमामा किसानहरुको सहज पहुँच विस्तार हुनपर्ने बताए । उनले यसको प्रभवकारी कार्यान्व्यनको लागि सबैले एकता आवश्यक रहेको बताए ।
यस्तै कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव डा. शान्ता कार्कीले नेपाल सरकारले दिएको जिम्मेबारी अनुसार विमा एजेन्सी, एजेन्टहरुले विभिन्न वाहनाबाजी गर्न नहुने र यसको पुर्णरुपमा काार्यन्वयन गरी किसानहरुलाई भनेको सहि समयमा उपस्थिति भई सेवा प्रवा गर्नुपर्ने कुरामा जोड दिईन ।
कार्यक्रममा कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका पशुपंक्षि महाशाखा प्रमुख तुलसीराम भण्डारीले लुम्बिनी प्रदेशमा विमा कार्यान्वयनको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै विमा समितिका उप निर्देशक पुनम ज्ञवालीले राष्ट्रिय र लुम्बिनी प्रदेको वाली तथा पशुपंक्षि विमाको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा मन्त्रालयको खाद्य तथा कृषि प्रविधि प्रर्वद्धन महाशाखा प्रमुख अमरराज शर्मा घिमिरे, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका बरिष्ठ अधिकृत हरि प्रसाद खनाल, कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत आशा भण्डारी, भेटेनरी अस्पताल कपिलवस्तुका प्रमुख डा. उत्तम आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको उदेश्यका बारेमा मन्त्रालयका पशुपंक्षि शाखा अधिकृत हुमकान्त पाण्डेले प्रकाश पारेका थिए भने सञ्चालन लोकराज भुषालले गरेका थिए ।

© 2024 krishipatra All right reserved