रुपन्देही डेरी व्यवसायी समितिको साधारण सभा

बुटवल, पुस ।
रुपन्देही डेरी व्यवसायी समिति बुटवलको तेह्रौ साधारण सभा सम्पन्न भएको छ । तिलोत्तमा बनबाटिकामा आयोजना गरिएको साधारण सभामा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले व्यवसायिक हितको लागि एकता आवश्यक भएको बताउनुभयो । उहाले व्यवसायीहरुको हितको लागि सामुहिक एकताका लागि सबैको एक जुुट हुनुपर्ने भन्दै दुध र दुग्धजन्य पदाद्र्धको शुद्धताका लागि विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष अमृत भण्डारी को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल डेरी एशोसीयसनका लुम्बिनी प्रदेश संयोजक कृष्ण प्रसाद भट्राई, डेरी व्यवसायी समिति बुटवलका निर्वतमान अध्यक्ष नेत्र पाठक, विष्णु पाण्डे, यम प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । महासचिव पदम प्रसाद पौडेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण प्रसाद उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो ।

© 2025 krishipatra All right reserved